रिब्दीकोट गाउँपालिकाले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनमा तीव्रता

पाल्पा-दशैं तिहार लगायत चाडपर्व नजिकिँदै गर्दा जिल्लाको रिब्दीकोट गाउँपालिकाले  बजार अनुगमनलाई तीव्रता दिएको  छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेल,पालिकाका प्रशासन शाखा प्रमुख एवम सुचना अधिकारी रूक्लाल भट्टराई,पाल्पा उधोग वाणिज्य संघका प्रतिनिधि,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका प्रतिनिधि,जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रतिनिधि,सुरक्षाकर्मी, पत्रकार सहितको उपस्थितिमा बजार अनुगमनलाई तीव्रता दिएको हो ।

 

दशैं तिहारको समयमा अखाद्य वस्तु बिक्री वितरण नहोस् र उपभोक्ताले तोकिएकै मूल्यमा सामान किन्न सकुन् भन्ने उद्देश्यले बजार अनुगमनमा कडाइ गरिएको रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेलले बताउनुभयो । उहाले भन्नुभयो "हामीले अन्य समयमा पनि बजार अनुगमन त गर्ने गरेका छौँ तर अहिले दशैं तिहार आउँदै गरेकाले अखाद्य वस्तु बिक्री नहोस् भनेर बजार अनुगमनलाई अलि कडाइ गरेका हौँ।”गाउँपालिकाले असोज १४,१५ र १६ गते लगातार चार्डपर्व लक्षित बजार अनुगमन गरेको बताउनुभयो । 

 

गाउँपालिकाले असोज १४ गते वडा न ७ बतासे ,कुसुमखोला बजारमा,असोज १५ गते हार्थोक बजार ,असोज १६ गते भैरबस्थान र खस्यौली बजारको अनुगमन गरिएको बताउनुभयो । अनुगमनको क्रममा कुल १ सय २६ वटा पसलमा अनुगमन गरिएको थियो जस्मा ३० वटा पसलबाट २१ हजार ५ सय २९ बराबरको म्याद गुर्जेका सामाग्रीहरू भेटिएको र पालिका परिसरमा ल्याई नष्ट गरिएको बताउनुभयो । अनुगमनको क्रममा म्याद गुज्रेका खाद्य पदार्थ, मसलाजन्य पदार्थ, कस्मेटिक सामग्री, पेय पदार्थ  भेटिएका प्रमुख प्रशासकिय अधिकृत पोखरेलले जानकारी दिनुभयो । अनुगमनको क्रममा पालिकाभित्र सञ्चालनमा रहेका व्यवसाय दर्ता नगरी सञ्चालन गरेका व्यवसायहरु तथा नविकरण नगरेका पसलहरुलाई व्यवसाय दर्ता तथा नविकरणको लागि पत्र समेत काटिएको बताउनुभयो । 

 

चाडपर्वका समयमा हुनसक्ने कालोबजारी, मिसावट लगायत गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई अलि कडाइ गर्ने निर्णय गरेको प्रशासन शाखा प्रमुख एवम पालिकाका सुचना अधिकारी रूक्लाल भट्टराईले बताउनुभयो । बजार अनुगमनका लागि पाल्पा उद्योग वाणिज्य सङ्घ,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पा,जिल्ला प्रशासन कार्यालय पाल्पा,प्रहरी तथा पत्रकारको टोली बनाइएको थियो । टोलीले पालिकाका अन्य  ग्रामीण क्षेत्रका पसलमा कुनै पनि सामानको मूल्यमा एकरुपता भए नभएको, म्याद सकिएको लगायत विषयमा अनुगमन गर्ने भएको छ । त्यसैगरी गाउँपालिकाले पालिकाका ग्रामीण क्षेत्रमा गैरकानूनी रुपमा बिक्री वितरण हुँदै आएको मदिरा तथा मदिराजन्य पदार्थ बेचविखन र पोके व्यापारीको नियन्त्रणमा समेत कडाइ गर्ने भएको छ । 

 

नागरिकहरुले स्वस्थ र गुणस्तरयुक्त सामग्रीहरु उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न बजार अनुगमन गरिएको र यसलाई पालिकाका अन्य वडाहरूमा पनि निरन्तर बजार अनुगमन गरिने व्यवस्था मिलाईएको पालिकाले जनाएको छ । दर्ता नगरेका सम्पूर्ण व्यवसायीहरुलाई असोज महिनासम्म दर्ता गर्न गाउँपालिकाले आग्रह गरेको छ । अनुगमनको क्रममा बाँकी रहेका र बन्द भएका बजार क्षेत्र र ग्रामीण क्षेत्रका पसलहरूको पनि जुनसुकै समयमा अनुगमन हुने गाउँपालिकाले जनाएको छ ।

Comments