रिब्दीकाेट गाउँपालिकाले भैरवस्थान मन्दिरकाे अव्यवस्थित पार्किङलाई गर्याे व्यवस्थित
पाल्पा-रिब्दीकोट गाउँपालिकाले नयाँ बर्षको शुभारम्भसँगै नयाँ कामको सुरुवात गरेको छ । भैरवस्थान क्षेत्रमा व्यवस्थित पार्किङ नहुँदा आधा सडक ढाक्ने गरी मूल सडकमै जथाभावी सवारी साधन पार्किङ हुँदा सर्वसाधारणलाई समेत समस्या परेको कारण रिब्दीकोट गाउँपालिकाले पार्किङ निमार्ण गरेर व्यावस्थीत बनाउन थालेको हाे ।
पार्किङ स्थलकाे एक औपचारिक कार्यक्रमका बिच रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले शुभारम्भ गर्नु भएको हाे । मन्दिर आसपासमा व्यवस्थित पार्किङ नहुदा एक तर्फबाट सवारीसाधन आवातजावतमा समस्या सिर्जना भएको थियाे भने अर्काे तर्फ मुलबाटाे हुँदै मन्दिरमा भक्तजन नपुग्दा राेट व्यवसायीहरू समेत मर्कामा थिए । साेही कुरालाई मध्ये नजर गरि गाउँपालिकाले उचित स्थानमा साना तथा ठुला सवारीसाधनलाई व्यवस्थित गर्ने गरि पार्किङ निर्माण गरेको हाे ।
पार्किङ स्थलकाे समुद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले व्यवस्थित पार्किङ निर्माण भएपछि मन्दिर आउने दर्शनार्थीहरूलाई सहजता हुने बताउनुभयो । पार्किङ नहुदा जथाभावी सवारीसाधन मुल सडकमा पार्किङ गर्दा दुर्घटना हुने सम्भावना रहेकोले व्यवस्थित पार्किङ शुरूवात भएपछि समस्या समाधान भएको बताउनुभयो । गाउँपालिकाकाे बिशेष गरि बतासे बजार क्षेत्रमा हाइटेन्सन विधुतकाे समस्या,कुसुमखाेलामा बिग्रिएकाे ट्रककाे समस्या,खस्याैली क्षेत्रमा सडक खाल्डाखुल्डीकाे समस्या र भैरबस्थान क्षेत्रमा पार्किङकाे समस्या रहेको परिस्थितिमा हाल ती समस्यालाई गाउँपालिकाले समाधान गर्न सफल भएको बताउनुभयो ।
उहाले नेपालका कुनै पनि धार्मिक आस्थाका शक्ति पिठहरुमा दर्शन, अवलोकन एवं विभिन्न प्रयोजनका लागि जादा दर्शनार्थीहरु केही दुरिको यात्रा हिडेर जाने गरेको बताउनुभयो । शक्ति पिठहरुको महत्व जोगाइ राख्नका लागी पनि मठ मन्दिर आसपास यातायातका साधनहरु लैजादा प्रदुषण हुने र मठ मन्दिरहरुको सौन्दर्यता नै घट्ने भएकोले भैरबनाथ मन्दिरमा पनि व्यवस्थित पार्किङको धेरै आवस्यकता रहेको बताउनुभयो । साेही कुरालाई मध्ये नजर गरि पार्किङकाे शुभारम्भ गरिएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनालले मन्दिरमा दर्शनार्थीहरूकाे भिडभाड हुने र मन्दिर परिसरमा सवारीसाधन पार्किङ गर्नका लागि प्रयाप्त पार्किङ स्थलकाे अभाव भएकोले याे पार्किङ स्थलले समस्या समाधान गर्ने बताउनुभयो । विगतको स्थानीय सरकारले उक्त पार्किङ स्थललाई व्यवस्थित गर्नका लागि केही प्रयास गरेता पनि पुर्णता दिन नसकेको परिस्थितिमा अहिलेकाे स्थानीय सरकारले पार्किङ स्थललाई व्यवस्थित बनाएको बताउनुभयो । पार्किङ स्थलबाट पालिकाकाे राजस्वमा समेत वृद्धि हुने बताउनुभयो । कार्यक्रममा वडा न. ७ का वडा अध्यक्ष दान बहादुर कुवँर , कार्यपालिका सदस्य मिना राना, गोमा थापा, रिब्दीकोट गाउँ कार्यपालिकाका सम्बन्धित शाखाका शाखा प्रमुखहरु, वडा न. ४ का जनप्रतिनिधिहरु, भैरबनाथ मन्दिर व्यबस्थापन समितिका पदाधिकारीहरुको आतिथ्यता लगायत वडा न. ४ का समाजसेवी, बुद्धिजिवि तथा पत्रकार, सुरक्षाकर्मीहरुको उपस्थितिमा सम्पन्न भएक थियाे ।कार्यक्रममा रिब्दीकाेट गाउँपालिकाका वडा न ४ का वडा अध्यक्ष साेम कुमार कार्कीकाे अध्यक्षतामा सम्पन्नता भएको थियाे ।








































Comments