रिब्दिकोट गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा खनाल नियुक्त
रिब्दिकाेट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा मणि प्रसाद खनाल नियुक्त हुनु भएको छ । गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत मदन अर्याल सरूवा भई निस्दी गाउँपालिका जान लाग्नुभएकाेले खनाल प्रमुख प्रशासकिय अधिकृतमा नियुक्त हुनुभएको हाे । रिब्दिकाेट गाउँपालिका कर्मचारी मिलन केन्द्र र गाउँपालिकाले संयुक्तरूपमा एक कार्यक्रम गर्दै उहाँलाई गरि फेरि भेटाैला सहित विदाई गरेको हाे ।त्यस्तै रिब्दिकाेट गाउँपालिकाले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय काठमाडौकाे मिति २०८०/१०/२४ गरेको पत्र च.न. १५२६ अनुसार रिब्दिकाेट गाउँपालिका शिक्षा शाखा प्रमुख मणिप्रसाद खनाललाई मिति २०८०/११/०१ गतेदेखि लागु हुनेगरि पदभार ग्रहणका लागि रिब्दिकाेट गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी ताेकेकाे जानकारी गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउँनु भएको छ ।
उहाँले शिक्षा शाखा समाल्नु भएका खनालकाे याे जिम्मेवारीले समग्र गाउँपालिकाकाे विकास निर्माण र सेवाग्राही जनताको हितमा कार्य सम्पादन हुने विश्वास गाउँपालिकाले लिएको छ । उहाँले भन्नुभयाे खनालको पद वहाल एवं स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष सहित जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीहरूकाे उपस्थिति रहेको थियोे । सरूवा भई निस्दी गाउँपालिका जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत अर्याललाई विदाइ गर्दै नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनाललाई स्वागत गरिएको छ ।
,








































Comments