रिब्दीकोट गाउँपालिकाको १४ औं गाउँसभाको अधिवेसन सम्पन्न

पाल्पाको रिब्दीकोट गाउँपालिकाको १४ औं गाउँसभाको अधिवेशन सम्पन्न भएको छ । गाउँ सभाको १४ औं अधिवेसनको दोश्रो बैठकबाट समापन कार्यक्रम सभाध्यक्ष रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की  उपाध्यक्ष कान्ता अधिकारी एवम सभाका सचिव प्रमुख प्रशासकिय अधिकृत मदन अर्याल  लगायत सम्पुर्ण कार्यपालिका सदस्यहरु, गाउँ सभाका सदस्य सदस्यहरु, साथै सम्पुर्ण सरोकारवाला पक्षहरुको उपस्थितिमा रिब्दीकोट गाउँ कार्यपालिकाको कार्यालय खस्यौली, सम्पन्न भएको छ। अधिवेसनमा सम्पुर्ण वडा अध्यक्ष्यहरुले चालू आ,व २०८०र०८१ को प्रगती विवरण पेश गर्नुभएको थियो ।

भने गाउँपालिका अतर्गतका सम्पुर्ण समिती संयोजकहरुले समितिबाट चालू आव २०८०र०८१ मा भय गरेका कार्यहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभाको पहिलो बैठकमा रिब्दीकोट गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०८० माथी छलफल गरेर १४ औं अधिवेसन मार्फत पास गरेको गाउँपालिकाका रोजगार सायक शिव पोखरेल जानकारी दिनुभयो । गाउँसभाका सदस्यहरु, गाउँ कार्यपालिकाको कार्यालयका सम्पुर्ण कर्मचारीको उपस्थितिमा गाउँसभा रिब्दीकोट गाउँ कार्यपालिकाको कार्यालय खस्यौलीमा सम्पन्न भएको थियो ।

Comments