रिब्दीकोट गाउँपालिका र हेफर इन्टरनेशनलका पदाधिकारीहरुबिच सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न

रिब्दीकोट गाउँपालिका र हेफर इन्टरनेशनलका पदाधिकारीहरुबिच सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षता सम्पन्न भएको हाे । 

 

कार्यक्रममा  हेफर इन्टरनेशनलका सिनियर भाइस प्रेसिडेन्ट  मीना जोशीकाे प्रमुख आतिथ्यता रहेको थियाे । कार्यक्रममा  हेफर इन्टरनेशनलका राष्ट्रिय निर्देशक डा.  तिर्थराज रेग्मीकाे बिशिस्ट आतिथ्यता एवम हेफर इन्टरनेशनल अमेरिका, हेफर इन्टरनेशनल कम्बोडिया, हेफर इन्टरनेशनल बङलादेश, हेफर इन्टरनेशनल ईन्डिया र हेफर इन्टरनेशनल नेपालका पदाधिकारीहरु लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हाे ।

 

कार्यक्रममा उपाध्यक्षमा गाउँवालिका उपाध्यक्ष  कान्ता अधिकारी, गाउँपालिकाका प्रवक्ता प्रकाश रायमाझी , नि. प्रमुख प्रशासकिय अधिकृत मणि प्रसाद खनाल, वडा न. २ का वडा  अध्यक्ष ओम प्रसाद पोखरेल, वडा न. ३ का वडा अध्यक्ष नारायण बहादुर के. सि, वडा न. ७ का वडा अध्यक्ष  दान बहादुर कुवर एवम कार्यपालिका सदस्य  गोमा थापा पचभैया  र रन्जना आचार्यको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन योजना शाखा प्रमुख काशीनाथ आचार्यले गर्नुभएको थियो भने रिब्दीकोट गाउँपालिकाभित्र हेफर इन्टरनेशनल प्रोजेक्टबाट हालसम्म सम्पादन भएका कार्यहरुको विवरण पेश कृषि प्राविधिक रन्जिव कुवरले गर्नुभएको थियो ।

Comments