रिब्दीकोट फेकको नव निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन
पाल्पाको रिब्दीकोट ८ फेकमा नव निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । १ करोड ३६ लाख बढी लागतमा निमार्ण भएको स्वास्थ्य चौकीको भवन लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गर्नु भएको हो । स्वास्थ्य चौकी भवन उद्घाटन गदै सभामुख घर्तीले स्वास्थको पहुँच नपुगेकाहरु सम्म स्वास्थ्यको पहुँच पुराउने उदेश्यका साथ रिब्दीकोट सरकारले वडामा स्वास्थ्य संस्थाको आबश्यकताको महशुस गरी सो अनुसार कामको थालनी गरेर आज स्थानीयका माझमा यो भब्य कार्यक्रमका बिच भवन उद्घाटन हुदा फेक बासीको मुहारमा समेत खुशि आएको बताउदै स्वास्थ्य भन्दा ठूलो अरु केहि नभएको हुदा नवनिर्मित भवनको ब्यवस्थित उपयोगको कामना समेत गर्नुभएको थियो ।कार्यक्रमा संघिय सांसद ठाकुर गैरे प्रदेश सांसद बिर बहादुर राना जिल्ला समन्य समितिका अध्यक्ष टकनाथ खनाल गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी ,संविधान सभा सदस्य, लिला सोमै ,राष्ट्रिय पुनः निर्माण प्राधिकरणका पुर्व प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगाएतले स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भई अब यसैबाट स्वास्थ्य सेवा पाउनु यहाँका नागरिकका लागि सुखद कुरा भएको उल्लेख गर्दै स्वास्थ्य चौकीबाट प्रवाह गर्ने सेवा सुविधा गुणस्तरीय हुनुपर्ने बताउनुभयो ।
भवन उद्धघाटन कार्यक्रममा स्वास्थ्य चौकी निमार्ण गर्न महत्पुर्ण योगदान दिने ब्याक्तीलाई गाउँपालिकाले सम्मान समेत गरेको थियो ।यस्तै फेकमा निमार्ण भएको स्वास्थ्य चौकीको ५ रोपनी जग्गादाता देवबहादुर थापा र अम्बिका थापा लाई सम्मान पत्र सहित दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गाउँपालिका देखि केही टाढा रहेका यस वडाका जनताले छिटो, छरितो र सुलभ ढङ्गबाट स्वास्थ्य सेवा पाउने विश्वास लिएको बताउदै स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर फेकका नागरिकको स्वास्थ्य प्रति स्थानीय सरकार गम्भीर र जिम्मेवार रहेको समेत उल्लेख गर्नुभयो । कार्यक्रममा पालिका भित्रका वडा अध्यक्षहरु स्थानीय जनप्रतिनिधि वडा सदस्य पुर्व जनप्रतिनिधि,स्वास्थ्य साखाका कर्मचारी लगाएतको उपस्थीत रहेको थियो ।वडा अध्यक्ष चुरा बहादर छहरीको स्वागत तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।








































Comments