रिब्दीकोट एक ख्याहाको जोगिथुममा सामुदायिक स्वास्थ्य इकाइ स्थापना

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा  १, ख्याहा, जोगिथुममा नवनिर्मित जोगिथुम सामुदायिक स्वास्थ्य इकाइको उद्धघाटन गरिएको छ । रिब्दीकोट गाउँपालिकाको भौगोलिक हिसावले  विकट मानिने र कुमाल समुदायका नागरिक लाईउ सामान्य चोटपटक र ज्वरो आउॅदा चाहिने सिटामोल र जीवनजल लिन समेत टाढा जाने बाध्यता लाई मध्यनजर राखेरजोगीथुम सामुदायिक स्वास्थ्य इकाइ सन्चालनमा ल्याएको वडा अध्यक्ष चिरन्जीवी पोखरेल बताउनुभयो ।

 

जोगिथुममा सामुदायिक स्वास्थ्य इकाइको उद्धघाटन गदै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले ख्याहाको जोगिथुम भौगोलिक हिसावले समेत  विकटता भएको वडा भएको कारण टाढा रहेका स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य सेवा प्राप्त गर्नबाट असुविधा भोग्दै आएका जोगिथुमका बासिन्दाको सुविधाका लागि गाउँपालिकाको पहलमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको बताउदै अबका दिनमा सामान्य चोटपटक र ज्वरो आउॅदा चाहिने सिटामोल र जीवनजल लिनसमेत टाढा जाने बाध्यता हटेको बताउनु भयो ।

 

जोगिथुममा सामुदायिक स्वास्थ्य इकाइ  उद्धघाटन कार्यक्रममा रिब्दीकोट गाउँपालिका उपाध्यक्ष  कान्ता अधिकारी  प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेल  स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी स्थानीय जनप्रतिनिधि वडा अध्यक्षहरु  लगायत सम्बन्धित सरोकारवालाहरुको उपस्थीत रहेको थियो । सामुदायिक स्वास्थ्य इकाइ निर्माण गर्नका लागि जग्गा प्रदान गर्नुहुने जग्गा दातालाइ गाउँपालिकाले सम्मान समेत गरेको थियो । सोही अवसरमा रिब्दीकोट एक ख्याहा, जोगीथुममा रहेको  कालिका आधारभुत विद्यालयको अध्ययन, अनुगमन एवं आवस्यक परामर्श आदानप्रदान समेत गरेको रोजगार सहायक शिव पोखरेलले जानकारी दिनुभयाे । सामान्य स्वास्थ्य सेवा नपाउॅदा निकै दुःखी भएका जोगिथुम गाउँका कुमाल समुदायका नागरिक अब सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएपछि स्थानीय सरकारको महसुस हुन थालेको बताएका छन ।

 

Comments