रिब्दीकोट भारकोटका फरक क्षमता भएका कुशल विकको परिवारलाई राहत प्रदान

पाल्पा-लायन्स क्लब अफ पाल्पा रणउजेश्वरीले जिल्लाको रिब्दीकोट गाउँपालिका वडा न ४ भारकोटका कुशल विकको परिवार राहत प्रदान गरेको छ । क्लबले सोमबार विकको घरमै पुगी खाधान्न र नगद हस्तान्तरण गरेको हो ।

 

कुशल विक एक फरक क्षमता भएका व्यक्ति हुन । जन्मिदा सामान्य बच्चा जस्तै जन्म लिएका विक ६ बर्षको उमेर सम्म सामान्य बच्चा जस्तो हिडडुल गर्ने,विद्यालय जाने आउने गर्दथे । तर अकस्मात ज्वरोका कारण उनी बिरामी भए र पछि उपचारका लागि नेपाल लगाएत भारतको लखनउ सम्म उपचार गर्न लागे पनि निको नभएको बुवा शिव बहादुर विकले बताए । फरक क्षमता भएका कुशल अहिले १५ बर्षका भइसकेका छन । लाउ लाउ खाउ खाउको उमेरमा छोरा विरामी भई हिडडुल सम्म पनि गर्न नसके पछि परिवार ठुलो बज्रापात आई परेको  बुवा शिव बहादुर विकले बताए । आमा लक्ष्मी देबी बिकले घरमा दुई छोरी र १ छोरा रहेको बताइन । भएको १ छोराको अवस्था यस्तो छ ।  क्लबले घरमै आई सहयोग गरेमा धन्यवाद ज्ञापन गर्नुभयो । डाक्टरका अनुसार छोरा कुशल विकलाई  डि एम डि रोग लागेको र उपचार सम्भाव नरहेको बताइन ।

 

लायन्स क्लब अफ पाल्पा रणउजेश्वरीका अध्यक्ष शान्ति थापाले क्लबले हङ्गर रिलिभ कार्यक्रम अन्तर्गत खाधान्न र आर्थिक सहयोग गरेको बताइन । फरक क्षमता भएका कुशलको स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताइन । 

 

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष सरस्वती राज भण्डारीले क्लबले विगतको समय देखि भौगाेलिक हिसाबले पछाडि परेका व्यक्ति र समुदायमा पुगी सहयोग गर्दै आएको बताइन । सोही अनुरूप भारकोटमा आइ सहयोग गर्न पाउँदा खुशी भएको बताइन । आगामी दिनमा यस्तै समाजमा कम अवसर पाएका एवम कम भाग्यमानी मानिसहरूलाई क्लबले निरन्तर रूपमा सहयोग गर्ने बताइन । कार्यक्रममा क्लबका कोषाध्यक्ष रेखा मलेकु,पुतली शाक्य,यादब थापा क्षेत्री,स्वस्तीका श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव शान्ति झेडीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments