रिभर भ्याली स्कुलद्वारा पूर्व विद्यार्थी इञ्जि. मनिष शर्मा तिमिलसिना सम्मानित

पाल्पा — तानसेन नगरपालिका–९, पाल्पास्थित रिभर भ्याली इङ्लिस बोर्डिङ स्कुलका पूर्व विद्यार्थी इञ्जिनियर मनिष शर्मा तिमिलसिनाले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक उपलब्धि हासिल गर्नुभएको छ। उहाँले इम्पेरियल कलेज, लन्डन मा केमिकलइञ्जिनियरिङ अनुसन्धान विषयमा PhD अध्ययन गर्ने अवसर प्राप्त गर्नुभएको हो। विश्वमा दोस्रो र युके तथा युरोपमा पहिलो स्थान हासिल गर्दै उहाँले करिब ५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गर्नुभएको छ । तिमिलसिना SEE ब्याच २०७२ का विद्यार्थी हुनुहुन्छ । विद्यालयमा सुरु भएको उहाँको शैक्षिक यात्राले अहिले विश्वकै प्रतिष्ठित विश्वविद्यालयसम्म पुर्‍याएको छ । यस उपलब्धिले विद्यालय मात्र होइन, सम्पूर्ण पाल्पा र नेपालकै गौरव बढाएको छ ।

 

उहाँको सफलतालाई कदर गर्दै विद्यालयले विशेष सम्मान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि पूर्व उद्योग मन्त्री तथा संविधान सभा सदस्य सोमप्रसाद पाण्डेयले तिमिलसिनाले पाल्पा र नेपालकै नाम विश्वमा चिनाएको बताउदै विद्यार्थीहरूलेआफ्नो सीपदक्षता  मेहनतलाई निरन्तरता दिए मुलुकको भविष्य उज्ज्वल हने बताउनुभयो । उहाँले नेपाल जलस्रोत धनी देश भएकाले विश्वविद्यालयमा ऊर्जा र जलस्रोत विषयमा केन्द्रित रही PhD गर्न जानु राष्ट्रका लागि सुनौलो अवसर भएको बताउनुभयो । साथै, देशको जलस्रोतलाई विधुतको  स्रोतका रूपमा सदुपयोगमार्फतै विकासको बाटो खोल्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो।

 

त्यस्तै, पूर्व सांसद यादवबहादुर रायमाझीले विदेशमा गएका धेरै विद्यार्थी फर्केर नआउने प्रवृत्तिलाई स्मरण गर्दै इञ्जिनियर मनिषशर्माले प्राप्त गरेको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई नेपाललाई विश्वमा चिनाउन ठूलो सहयोग गरेको भयो । उहाँलेआगामी दिनमा शर्माले देशलाई योगदान दिने विश्वास व्यक्त गर्नुभयो । 

 

तानसेनका पूर्व नगरप्रमुख अशोककुमार शाहीले युरोपेली मुलुकमा नेपाली युवाले गरेको प्रतिनिधित्व गौरवको कुरा रहेको बताउनुभयो । यो प्रेरणादायी कथा सम्पूर्ण पाल्पा  नेपाली समाजकै गैारब बनेको बताउनुभयो । तानसेन–९ का वडा अध्यक्ष राजेशकुमार अर्यालले तिमिलसिना जस्ता विद्यार्थीले गाउँ र समुदायलाई प्रेरणा दिने उल्लेख गर्दै विद्यार्थीहरूले मेहनत  लगनशीलतादेखाए भने विश्वस्तरमा सम्मान पाउन सकिन्छ भन्ने उदाहरण इञ्जिमनिष शर्माले स्थापित गर्नुभएको बताउनुभयो ।

 

विद्यालयका संस्थापक अध्यक्ष एवम् प्रिन्सिपल मिनप्रसाद बन्जाडेले साधारण परिवारबाट सुरु भएको तिमिलसिनाको यात्रा आज विश्वकै प्रतिष्ठित विश्वविद्यालयसम्म पुगेकोमा विद्यालय, पाल्पा र सम्पूर्ण नेपालले गर्व गर्ने अवस्था आएको बताउनुभयाे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य हरिसुमर रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । भने सह–प्रधानाध्यापक विनोद ज्ञवालीले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक, अभिभावक र स्थानीयवासीहरूको उत्साहपूर्ण सहभागिता थियो । 

Comments