प्याब्सन पाल्पाले एस ई ई २०८० का उत्कृष्ट विद्यार्थीलाई गर्याे सम्मान

पाल्पा-निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति, पाल्पाले एस ईई २०८० का उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको छ । प्याब्सन पाल्पाले साेमबार एक औपचारिक कार्यक्रमका बिच उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको हाे । कार्यक्रमकाे उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख टंक नाथ खनालले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमकाे समुद्घाटन गरेका हुन । 

 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समन्वय प्रमुख खनालले शिक्षा मानव जीवनलाई सतमार्गमा लैजाने प्रणाली रहेको बताए । विशेष गरि अहिलेकाे शिक्षामा विद्यार्थीहरूलाई नैतिक शिक्षा दिनुपर्ने आवश्यकता रहेको बताए । विद्यार्थीहरूलाई नैतिक शिक्षाको ज्ञान नहुदा शिक्षक,परिवार,समाज र राष्ट्र प्रतिकाे उत्तरदायित्व समेत थाहा नहुने परिस्थिति रहेको बताए । 

 

नेपाल सरकारले शिक्षा सम्बन्धि विधेयक छिटो ल्याउनुपर्ने बताए । सरकारले सदनमा पेश नगरेकै कारण,छलफल र बहस नगरेकै कारण कतिपय शिक्षकहरूकाे भविष्य अन्याेलमा रहेकाे बताउदै सरकारले उक्त विधेयक संसदमा पेश गरि छलफल र बहसकाे माध्यमबाट कार्यान्वयनमा ल्याउनुपर्ने बताए । प्याब्सन पाल्पाले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरि थप उत्प्रेरित एवम उत्साहित गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा यस्तै सकारात्मक र रचनात्मक कार्यक्रम गर्न प्याब्सन पाल्पालाई आग्रह गरे ।

 

कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन नेपालका केन्द्रीय सह काेषाध्यक्ष मीन प्रसाद बन्झाडेले नेपाल सरकारले निजि क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए । सामुदायिक विद्यालयमा सरकारले ठुलाे लगानी गरेता पनि उपलब्धी हुन नसकेको बताए । सामुदायिक विद्यालयकाे तुलनामा निजि विद्यालयहरूबाट एस ईई परिक्षामा उत्तीर्ण हुनेकाे सख्या धेरै रहेको बताए । नेपालकाे शिक्षा क्षेत्रमा  निजि विद्यालयहरूकाे ठुलाे भुमिका रहेकोले सरकारले निजि विद्यालयहरूका निमित बनाएका  नितिहरूलाई खुला बनाउनुपर्ने बताए । 

 

कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादब सिङ कार्कीले बि स २०८० सालकाे एस ईई परिक्षमा तानसेन नगरपालिकाकाे नतिजा अन्य स्थानीय तहकाे तुलनामा उत्कृष्ट रहेको बताए । तानसेन नगरपालिकाले नगरपालिकाकाे शिक्षालाई सुधार गर्न प्रयास गरिरहेकाे बताए । नगरपालिकाले विद्यार्थी सख्या कम भएका विद्यालयहरूलाई मर्च गरि खर्चकाे कटाैती गरिरहेकाे बताए । बिशेष गरि जन्म दर कम हुनु,बसाइँसराइ र बैदेशिक राेजगारीमा जाने क्रमले गर्दा विद्यालयमा विद्यार्थीकाे सख्या घट्दै गएकाे बताए । आगामी दिनमा शिक्षाकाे गुणस्तर बढाउन,युवाहरूलाई देशमा बस्ने वातावरण सिर्जना गर्न युग अनुसारकाे शिक्षा प्रणाली अवलम्बन गर्न आवश्यक रहेको बताए  ।  युग अनुसारकाे शिक्षा प्रणालीलाई अवलम्बन गर्न सम्पूर्ण राजनीति दलहरू,देशका तीन तहका सरकारहरूले  छलफल र बहस चलाउने आवश्यकता रहेको बताए । 

 

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइका शाखा अधिकृत वसन्त राज भट्टले विद्यार्थीहरूलाई नैतिक एवम व्यवहारात्मक शिक्षा दिनुपर्ने आवश्यक रहेको बताए । कार्यक्रममा प्याब्सन नेपालका  केन्द्रीय सदस्य एवम पाल्पाका निवर्तमान अध्यक्ष  भरत प्रसाद न्याैपाने,प्याब्सन लुम्बिनी प्रदेशका उपाध्यक्ष गाेविन्द प्रसाद पाैडेल,प्याब्सन पाल्पाका सस्थापक अध्यक्ष भेषराज सुवेदी, मदनपाेखरा बहु प्राविधिक शिक्षालयका प्रमुखले गाेविन्द शर्मा लगाएतले मन्तव्य राखेका थिए । 

 

कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति पाल्पाका अध्यक्ष महेश मान बज्राचार्यले प्याब्सन पाल्पाले  निजि विद्यालयबाट जिल्लामै उत्कृष्ट नतिजा ल्याएका जिपिए ३.६० माथिका ५१ जना उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको बताए । प्याब्सन पाल्पाले जिल्ला भर नै  एउटै क्यालेन्डरबाट शिक्षा प्रणाली अगाडि बढाएकाे बताए । समय समयमा प्याब्सन पाल्पाले विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्दै आएकाे बताए । प्याब्सन पाल्पाले विद्यार्थीहरूलाई अध्ययन अध्यापककाे साथ साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न खेलकुदका कार्यक्रम क्रिकेट,ब्याडमिन्टन,फुटबल,चेस प्रतियाेगिता आयाेजना गरेको बताए । प्याब्सन पाल्पाले विभिन्न सामाजिक उत्तरदायित्वका कामहरू पनि गर्दै आएकाे बताए । जस्मा रक्तदान कार्यक्रम,सरसफाइ कार्यक्रम,वृक्षाराेपण कार्यक्रमहरू सञ्चालन गरेको बताए । वि स २०८० सालकाे एस ईइ परिक्षामा २० वटा निजि विद्यालयबाट विद्याहरू सहभागी रहेकाे बताए । कार्यक्रममा स्वागत मन्तव्य प्याबसन पाल्पाका उपाध्यक्ष डासुराम पन्तले गर्नु भएको थियाे भने कार्यक्रम सञ्चालन सचिव अशेष भट्टराईले गर्नु भएको थियाे ।

Comments