प्याब्सन पाल्पाकाे आयाेजनामा जिल्ला स्तरीय लाेकनृत्य प्रतियाेगिता सम्पन्न

पाल्पा- निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन जिल्ला कार्यसमिति पाल्पाकाे आयाेजनामा जिल्ला स्तरीय लाेकनृत्य प्रतियाेगिता सम्पन्न भएको छ । प्रतियाेगिताकाे समुद्घाटन प्याब्सनका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लालहरी पाण्डेय गर्नु भएको हाे । प्याब्सन पाल्पाको सभाहलमा भएको भएको जिल्ला स्तरीय लाेक नृत्य प्रतियाेगितामा प्रथम पाेलस्टार विज्डम स्कुल ,द्वितीय बेथल स्कुल ,तृतीय न्यू हाेराईजन स्कुल र सान्त्वना सनराईज पब्लिक स्कुल भएका छन । प्रतियाेगितामा १३ वटा विद्यालयबाट  सहभागी रहेको थियाे । 

 

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लालहरी पाण्डेयले विद्यार्थीहरूमा भएको अन्तरनिहित क्षमताकाे प्रस्फुटन गर्न लाेक नृत्य प्रतियाेगिता आयाेजना गरिएको बताउनुभयो । प्याब्सनले विद्यार्थीहरूलाई अध्ययन अध्यापनकाे साथ साथै उनिहरूकाे क्षमताकाे पहिचान गर्न विभिन्न विधाहरूमा रहि प्रत्येक बर्ष यस्ता अतिरिक्त क्रियाकलापहरू गर्दै आएकाे बताउनुभयो । जिल्ला स्तरमा भएको प्रतियाेगिताबाट छनाेट भएको विद्यालय प्रदेशमा जाने र प्रदेश स्तरबाट छनाेट भए पछि राष्ट्रिय प्रतियाेगितामा सहभागी हुने बताउनुभयो । 

 

कार्यक्रममा प्याब्सन केन्द्रीय कार्य समिति एवम पाल्पाका  निबर्तमान सह-काेषाध्यक्ष मीन प्रसाद बञ्जाडे, प्याब्सन केन्द्रीय कार्य समिति सदस्य भरत प्रसाद न्याैपाने  प्याब्सन लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष गाेबिन्द प्रसाद पाैडेल लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्याब्सन पाल्पा जिल्लाका उपाध्यक्ष डासुराम पन्तले विगतका बर्षमा जस्तै केन्द्रीय कार्यक्रम अन्तर्गत पाल्पा जिल्ला याे बर्ष पनि निरन्तरता दिई कार्यक्रम गरिएकाे बताउनुभयो । विभिन्न विधामा रहि गरिएको यस्ता खालका कार्यक्रम गर्दा विद्यार्थीहरूकाे क्षमताकाे पहिचान हुने बताउनुभयो ।

 

कार्यक्रममा प्याब्सन पाल्पाका अध्यक्ष महेश मान बज्राचार्यले प्याब्सनकाे केन्द्रिय कार्यक्रम अन्तर्गत विद्यार्थीकाे प्रतिभामा पहिचान  गर्न कार्यक्रम गरेको बताउनुभयाे । यहाबाट छनाेट भएका विद्यालय प्रदेशमा सहभागी हुने व्यवस्था रहेको बताउनुभयाे । केन्द्रले आयाेजना गरेको कार्यक्रममा पाल्पा जिल्लाले विगतका दिनमा निरन्तर रूपमा सहभागी भएको बताउनुभयाे । प्याब्सन पाल्पाले विभिन्न विधामा रहि अतिरिक्त कृयाकलाप सञ्चालन गर्दै आएकाे बताउनुभयाे । साथै प्याब्सन पाल्पा जिल्लामा छिट्टै प्याब्सन कप  भलिबल र क्रिकेट प्रतियाेगिता सञ्चालन गरिने बताउनुभयाे । 

 

Comments