पाटीको चुनाव जित्न सर्वपक्षीय कुरालाई मिलाउन आवश्यक छ । केन्द्रीय सदस्य शाह
पाल्पा-नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य भरत शाहले पाटीको चुनाव जित्न सर्वपक्षीय कुरालाई मिलाउनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस पाल्पाले आयोजना गरेको बैठकमा पुर्व सांसद समेत रहेका शाहले पाटीको चुनाव जित्न सर्वपक्षीय कुरालाई मिलाउन आवश्यक रहेको बताए । बहुदलिय राजनीति व्यवस्थामा मास वेसबाट नेता बन्दछन र उक्त नेताले मास वेसमा रहि जनभावना अनुरूप काम गर्न सके चुनाव जित्न सकिने बताए । उनले राजनीति गर्ने मान्छेले परिणाम ल्याउनुपर्ने र व्यापार गर्नेले क्यावालिटिमा दिन सक्नु पर्ने बताए । उनले भने व्यापारीले राम्रो र गुणस्तरीय सामान दिन सके ,मानिसहरू सामान किन्न जान्छन त्यस्तै नेताले मास बेसमा रहि परिणाम ल्याए सके चुनाव जित्न सकिने बताए ।
नेताले कार्यकर्तालाई आर्थिक,धार्मिक ,सास्कृतिक ,नैतिक रूपमा उत्तरदायित्व बनाउनुपर्ने बताए । नेपाली काङ्ग्रेसले आगामी निर्वाचनमा कुनै पनि राजनीति दलसँग गठबन्धन नगर्ने बताए । काङ्ग्रेस केन्द्रीय सदस्य शाहले संविधान संशोधन गरि प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने कुरामा जोड दिए । वडा तहका कमिटी सकृय,कृयाशिल भए पाटी बलियो हुने कुरामा जोड दिदै अब काङ्ग्रेसले वडा कमिटीहरूलाई बलियो बनाउने तर्फ ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले काङ्ग्रेसलाई बलियो बनाउन सस्थागत विकास र अनुशासन कायम राख्नु पर्ने बताए । अब पाटीले अधिवेशन मुखी संगठन निर्माण गर्न नहुने,जनमतका आधारमा टिकट दिने प्रणालीको विकास र पाटीको बैठकमा सहमति,असहमति राख्न प्रणालीको शुरूवात गरे नेपाली काङ्ग्रेस आगामी निर्वाचनमा पनि पहिलो पाटी हुने धारणा व्यक्त गरे । कार्यक्रममा नेपाली काङ्ग्रेसका पुर्वसभापति राजन प्रसाद पन्त,निवर्तमान जिल्ला सभापति वीर बहादुर राना लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव सुनिता अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।








































Comments