पुष १३ गतेबाट पाल्पा–काठमाडौँ यात्रालाई सहज बनाउन ‘पाल्पा दर्शन’ बस सेवा शुभारम्भ हुँदै

पाल्पा र काठमाडौँबीच रात्रिकालीन यात्रालाई सहज, सुरक्षित र आरामदायी बनाउने उद्देश्यसहित “पाल्पा दर्शन” बस सेवा शुभारम्भ गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । २/१ सिट सुविधासहित सञ्चालन गरिने यो बस सेवा आगामी २०८२ साल पुष १३ गते आइतबारदेखि नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको छ । यस अवसरमा तानसेनस्थित टुँडिखेलमा साझ ४ बजे औपचारिक शुभारम्भ कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ । नयाँ बस सेवाले पाल्पा र काठमाडौँबीच यात्रा गर्ने यात्रुहरूलाई भरपर्दो विकल्प प्रदान गर्ने विश्वास लिइएको छ ।

 

शुभारम्भ कार्यक्रमको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले औपचारिक रूपमा “पाल्पा दर्शन” बस सेवाको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । बस सेवा सञ्चालक प्रकाश गंगोलले हालको विषम परिस्थितिका बाबजुद पनि पाल्पा आउने–जाने यात्रुलाई निरन्तर सेवा दिनैपर्छ भन्ने उद्देश्यले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको बताउनुभयाे । उहाँले "पाल्पा दर्शन” बस पाल्पाको तानसेन बसपार्कबाट हरेक दिन साँझ ५:३० बजे काठमाडौँका लागि प्रस्थान गर्ने व्यवस्था गरिनेछ भने काठमाडौँको गोगंबु बसपार्कबाट साँझ ५:४५ बजे पाल्पाका लागि छुट्नेछ ।यात्रुहरूले चाहेजस्तो समय मिलाउन हाल सम्भव नभए पनि आगामी दिनमा पश्चिम नेपाल बस व्यवसायी प्रा. लि. सँगको सहकार्यमा यात्रुको चाहनाअनुसार समय व्यवस्थापन गरिने बताउनुयो । बसको भाडा १६०० रूपैयाँ तय गरिएकाे उहाले जानकारी दिनुभयो ।

 

बस यात्राका लागि टिकट पश्चिम नेपाल बस व्यवसायी प्रा. लि. को आधिकारिक टिकट काउन्टरबाट तथा अनलाइन माध्यमबाट समेत उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । २/१ सिट सुविधाले यात्रुहरूलाई लामो यात्रामा थप आराम र सहजता प्रदान गर्ने विश्वास गरिएको छ । सञ्चालक गंगोलले  यात्रु सुरक्षालाई उच्च प्राथमिकता दिँदै अनुभवी चालक, सहचालक र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । 

Comments