पाैष ७ गते शनिबार तानसेनकाे टक्सारमा याेमरी महाेत्सव हुने !!

पाल्पा- जिल्लाकाे तानसेन नगरपालिका वडा न ३ टक्सार टाेलमा विगतकाे बर्षमा जस्तै याे बर्ष पनि याेमरी महाेत्सव हुने भएको छ । नेवारी समुदायमा प्रचलित नेवारी खाना याेमरीकाे प्रचार प्रसार गर्ने उधेश्यले महाेत्सव गर्न लागिएको आयाेजकले जनाएका छन । महाेत्सव मैत्री क्लब तानसेन पाल्पाको मुख्य आयाेजना तथा तानसेन वडा न ३ काे आयाेजनामा हुन लागेको हाे । एक दिने महाेत्सवमा नेवारी खाना याेमरीसँगै नेवारी सस्कृतिकाे प्रदर्शनी गरिनेछ ।



मैत्री क्लब तानसेन पाल्पाका सल्लाहकार रिलरमान महर्जनका अनुसार परम्परागत नेवारी संस्कृति सहित नेवारी खाना परिकार योमरीको प्रचारप्रसार गर्ने उद्देश्यले योमरी महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो । महोत्सवलाई सफल बनाउन सबैलाई आग्रह गर्नुभएकाे छ । महाेत्सव पाैष ७ गते टक्सारको गणेश मन्दिर परिसरमा हुनेछ ।

 

तानसेन वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्यले नेवारी समुदायमा परम्परादेखि प्रचलित योमरी पर्व लोप हुने अवस्थामा पुगेकाले यसको जर्गेना गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताउनुभयो । ‘नयाँ पुस्तालाई परम्परागत संस्कृतिका बारेमा चासो नै छैन उहाँले भन्नुभयो संस्कृतिक पक्ष नयाँ पुस्तामा हस्तान्तरण गर्न महोत्सव आयोजना गर्न लागेका हौँ ।’

 

महोत्सवमा नेवारी संस्कृति सहित नृत्य तथा कला प्रदर्शन, नेवारी खानाको परिकार योमरीलगायतको स्टल प्रदर्शन गरिनेछ । महोत्सवमा मुख्य गरी योमरी बनाउन सिकाइने, यो परिकारको महत्व तथा फाइदाका बारेमा समेत जानकारी दिइने वडा अध्यक्ष शाक्यले बताउनुभयो । 

 

मैत्री क्लब तानसेन पाल्पा,जिल्लाकाे विभिन्न सामाजिक कार्यमा सकृय रहदै आएकाे छ । विगतका बर्ष देखि क्लबले सामाजिक कार्यसँगै नेवारी समुदायमा आधारित याेमरीकाे प्रचार एवम कला सस्कृतिकाे जगेर्ना गर्न याेमरी महाेत्सव गर्दै आएकाे छ ।

Comments