पश्चिम पाल्पाको मुख्य मार्ग हार्थोक छ्हरा सडक मुख्य प्राथमिकता: उम्मेदवार श्रेष्ठ
पाल्पा,१४ माघ
पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार हिमालदत्त श्रेष्ठले पश्चिम पाल्पाको मुख्य सडक हार्थोक छ्हरा तिनगिरे सडक आफ्नो मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ ।
नेपाली काङ्ग्रेस रिब्दिकोट गाउँसमितिले बुधबार आयोजना गरेको उम्मेदवारसंग भेटघाट कार्यक्रममा उम्मेदवार श्रेष्ठले पश्चिम पाल्पाका नागरिकले यो सडक स्तरउन्नति नहुदा झेल्नु परेको समस्याको बिषय आफुले राम्रोसंग बुझेको र आफ्नो मुख्य प्राथमिकता नै यही सडकलाई सहज बनाउने रहेको बताउनुभयो ।
उहाँले पाल्पाको समृद्धि नै पर्यटन र कृषि भएकाले रिब्दिकोटको सुन्तला र अकबरे खुर्सानी मार्फत किसानको आर्थिक बिकासमा सहयोग गर्न सकिने धारणा राख्नुभयो । उमेदवार श्रेष्ठले आफू प्रतिनिधि सभा सदस्य निर्बाचित भएपछि सबै मतदाता प्रती पुर्ण उत्तरदायी हुने र सधैं दुख सुखमा साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले आफ्नो पाल्पा २ का सबै उमेदवारसंग मित्रबत प्रतिस्पर्धा हुने भएकाले कुनै पनि अन्य उमेदवारलाई कुनै प्रकारको आक्षेप नलगाउने बताउनुभयो ।” म धार्मिक ब्यक्ति भएकाले कसैलाइ पनि नबिगार्ने सकेसम्म राम्रो गर्नेछु । उहाँले भन्नुभयो ।
यस पटक रुख चिन्हमा ठुक्कले मत हाल्ने बाताबरण बनेको छ। त्यसैले यो निर्बाचनमा रुख चिन्हमा मतदान गरि बिजय गराउन उहाँले सबै मतदातालाई आग्रह गर्नुभयो ।








































Comments