पुर्व विद्यार्थी नेता ज्ञवालीको असमायिक निधन
पाल्पा – नेपालको प्रजातान्त्रिक आन्दोलनमा समर्पित, नेपाली कांग्रेस पाल्पाका पूर्व जिल्ला सदस्य,स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पसका पुर्व स्व वि यु सभापति, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पाल्पाका पुर्व जिल्ला सभापति महेश ज्ञवालीको असमायिक निधन भएको छ ।
वि.सं. २०३२/ ८/२४ गते जन्मिनुभएका ज्ञवाली विद्यार्थी राजनीति हुँदै नेपाली कांग्रेसमा सक्रिय हुनुभएको थियो । उहाँ नेपाल विद्यार्थी संघबाट प्रतिनिधित्व गर्दै त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाको स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु.) सभापति हुनुहुन्थ्यो । त्यसपछि नेपाल विद्यार्थी संघको जिल्ला सभापति हुदै केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस पाल्पाको जिल्ला सदस्यको रूपमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियोहुदै ।
उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि तानसेन-१०, तेल्घास्थित उहाँकै निवासमा राखिएको थियो । स्वर्गीय विद्यार्थी नेता ज्ञवालीकाे अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला,गुरु बराल ,नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ ,नेपाली कांग्रेस पाल्पाका निवर्तमान सभापति एवं लुम्बिनी प्रदेश सांसद वीरबहादुर राना लगाएतले उपस्थिति रहेको थियाे । स्वर्गीय ज्ञवालीलाई नेपाली काङ्ग्रेसकाे चारतारे झण्डा ओडाएर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएकाे थियाे ।
स्वर्गीय ज्ञवालीको आजै रिडिमा अन्त्येष्टि गरिएको परिवार स्त्राेतले जनाएको छ। उहाँको असामयिक निधनले पाल्पा तथा नेपाली राजनीतिक क्षेत्रलाई गहिरो क्षति पुगेको राजनीतिक नेताहरूले बताएका छन् । स्वर्गीय नेता ज्ञवालीकाे आमा, श्रीमती,२ छाेरी र २ वटा भाईहरू रहेका छन ।








































Comments