प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’
पाल्पा —सिद्वार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३, दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गकाे शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गरेपछि ब्रेक थ्रु भएको हो ।
ब्रेक थ्रु उत्सव समारोहलाई भर्चुअल विधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक सुरुङमार्गमा प्रवेश गरेको बताउनु भएको छ । उहाले जोखिम क्षेत्रहरुको पहिचान गरी सुरुङ बनाउने काम धमाधम भइरहेको भन्दै सिद्धबाबाको सुरुङमार्गको बाँकी काम समयमै हुने उल्लेख गर्नुभयाे । प्रधानमन्त्री ओलीले सिद्धबाबा क्षेत्रमा हरेक वर्ष हुने सवारी दुर्घटना र पहिरोमा पर्ने समस्याबाट नागरिकलाई मुक्त गराउन सुरुङ मार्ग निर्माण गरिएको बताउनुभयाे । सुरुङ बनेपछि पाल्पा, पोखरा लगायत जिल्ला आवत जावत गर्न सुक्षित हुने र कुनै समस्या नआउने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गर्नुभयाे । समारोहमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पुर्वाधार विकास मन्त्री देवेन्द्र दाहाल,लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य लगायतका जिल्लाका विभिन्न राजनीतिक दलहरु, राष्ट्र सेवकहरुको उपस्थित रहेको थियो ।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो । ठूलो क्षति व्यहोर्नु परेको र त्रासदीमा यात्रा गर्नेुपर्ने बाध्यतामा रहेका यात्रुहरू सुरुङमार्गको काम अन्तिमचरणमा पुग्न थालेपछि वर्षौदेखि सुरुङ बन्ने सपना विपनामा परिणत हुनेमा ढुक्क भएका छन् । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन्
सिद्धबाबा सुरुङ्मार्ग आयोजना कार्यालयका अनुसार ब्रेक थ्रु हुँदा भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत पुगेको छ । उत्तरतर्फबाट ४८० मिटर र दक्षिणतर्फबाट ६०७ मिटर गरी १०८७ मिटर सुरुङ खनिसकेको थियो । सुरुङमार्ग छिचोलिए पनि सुरुङभित्रको लाइनिङ र ‘स्लोप’ मिलाउन समय लाग्नेछ । आयोजनाका अनुसार समयभित्र निर्माण व्यवसायीले काम गर्दा पनि सवारी गुडाउन एक वर्ष अझै लाग्ने छ । सुरुङमार्गमा सवारी साधन गुडिरहेको बेला आपत्कालीन अवस्थामा यात्रुलाई उद्धार गर्न १५१ मिटरको पहिलो बाइपास, १६१ मिटरको दोस्रो बाइपास र १३० मिटर दूरीको तेस्रो बाइपास पनि निर्माण गरिएको छ ।








































Comments