प्रदेशस्तरीय हाजिरी जवाफ क्वीजको उपाधि, जनता मावि तानसेन पाल्पालाई
कृष्ण पोखरेल
पाल्पा १४ मंसिर
न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवलले आयोजना गरेको ३२ औं संस्करणको प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि जनता मावि तानसेन पाल्पाले जितेको छ । प्रतियोगिताको बुटवल, पाल्पा र दाङ जिल्लामा भएको पहिलो चरणको छनोटमा लुम्बिनी प्रदेशका १२ जिल्ला बाट एक सय ५० बढी विद्यालय सहभागी भएको रहेको थियो । तीन केन्द्रबाट भएको छनौट प्रतियोगितामा प्रथम र द्धितिय भएका ६ विधालयहरुले प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा प्रथम भएको जनता मावि तानसेन पाल्पाले नगद ४० हजार सहित, शिल्ड ट्रफि प्रमाणपत्र पुरस्कार पाएको छ । प्रतियोगितामा सैनामैना नगरपालिकाको सुनगाभा बोर्डिङ स्कूल दोस्रो र नवज्योति जनता मावि बबई दाङ तेस्रो भएका छन् । द्धितिय विधालय सुनगाभाले २५ हजार नगद सहित , शिल्ड ट्रफि प्रमाणपत्र र तृतिय विधालय नवज्योतीले २० हजार नगद सहित , शिल्ड ट्रफि प्रमाणपत्र पुरस्कार पाएका छन ।
लुम्बिनी प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएपछि प्रतियोगितामा सहभागी विधार्थी तथा फोकल शिक्षक लाई जनता मावि तानसेन पाल्पाले सम्मान गरेको छ । जनता मावि तानसेन पाल्पाका कक्षा १० अध्यनरत सुरज डागीको नेतृत्वमा कक्षा ९ की सम्बृद्धि कुवँर र कक्षा ८ का सक्षम ढकालले प्रतियोगितामा भाग लिएका छन । प्रतियोगिताको लागी विधालयका हाजिरी जवाफ विभाग प्रमुख राम प्रसाद ढकालले विभिन्न विधामा विधार्थीहरु लाई तयारी तथा प्रशिक्षण दिएका थिए । प्रतियोगितामा प्रथम भएका विधार्थी, शिक्षक लार्ईै विधालय व्यबस्थापन समितीका अध्यक्ष रामजी पोखरेल, सदस्य हरिवोल भट्टराई, प्रधानाध्यापक हरि प्रसाद घिमिरेले विधार्थीहरु विच सम्मान गर्दै अन्य विधार्थीहरुमा उत्साह जगाए ।
सम्मान कार्यक्रममा प्रदेश स्तरीय प्रतियोगिताको जितले विधालयको मात्र नभई समग्र पाल्पा जिल्लाको नाम राख्न सकेको विधालयहरु लाई आगामी दिन अझै कठोर मिहेनत गर्दै उच्च स्तरको सफलतामा विधालय व्यबस्थापन समितीका अध्यक्ष पोखरेले शुभकामना दिए । विधालय व्यबस्थापन समितीका सदस्य भट्टराईले पटक पटकको सहभागिता, निरन्तर मिहेनत, टिमको सफलताले नै आज जनता विधालयलाई प्रदेश प्रथम गराउन विधार्थीको भुमिका महत्वपूर्ण रहेको बताए । विधालयका प्रधानाध्यापक घिमिरेले विधार्थी डागीले कक्षा ८ देखी नै प्रदेश स्तरीय प्रतियोगितामा भाग लिदै आएको यस पटक प्रदेशमै प्रथम भई विधालय र पाल्पाको नाम राख्न सफल भएकोले सम्पूर्ण विधालय परिवार खुसीले गदगद भएको बताए । सबै विधार्थीहरुको फरक फरक क्षमता रहेकोले यसै गरी मिहिनेत गरेर आ आफ्नो विधामा उत्कृष्ट नतिजा ल्याउन प्रधानाध्यापक घिमिरेले जोड दिए ।
विद्यार्थीहरुमा भएको अन्तरनिहित बौद्धिक क्षमता लाई बाहिर ल्याउन, विधालय र विधार्थीहरु विच आन्तरीक प्रतिष्प्रर्धा बढाउ, प्रदेश स्तरीय विधालय विच सम्वन्ध बढाउन न्यू होारइजन माविले २०५० सालदेखि हाजिरी जवाफ क्वीज प्रतियोगिता गर्दै आएको छ । प्रदेश स्तरीय प्रतियोगितामा बुटवलको अक्सफोर्ड मावि चौथो, मेचीकाली आवासीय मावि घोराही पांचौं र रेन्बो बार्डिङ गुल्मी छैठौं भएका छन् ।








































Comments