प्रथम तानसेन महाेत्सवकाे उद्घाटन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गुरुङ आउदै!

पाल्पा-प्रथम तानसेन महाेत्सवकाे उद्घाटन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवम नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ पाल्पा आउने हुनुभएको छ ।  

 

यही फागुन १९ देखि २९ गते सम्म तानसेन महोत्सव हुने भएको छ । महाेत्सव भाेली देखि शुरू हुने र महाेत्सवकाे उद्घाटन गर्न मन्त्री गुरूङ आउनु हुनु भएको हाे । तानसेन नगरपालिकाको मुख्य आयोजनामा टुडिखेल मैदानमा महोत्सव हुन लागेको हो । कृषि, रोजगार, पर्यटन उद्योग र ब्यापार, तानसेन महोत्सव २०८० भन्ने नारामा हुने महोत्सवमा तीन सय बढी स्टल रहने र ३ लाख बढीले मेलाको अवलोकन गर्ने, मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ ।  नगर प्रमुख सन्तोषलाल श्रेष्ठले मेला बाट नगरपालिकालाई ६१ लाख बढी राजश्व बचत हुने र उक्त रकम तानसेन नगरको भौतिक पूर्वाधार निर्माणका साथै आवश्यकीय कार्यका लागी खर्च गरिने बताउनुभएको छ । 

 

पर्यटन र कृषिको माध्यमवाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजश्वको प्रवद्धनका लागी तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरपालिकावाट प्रथम ऐतिहासिक महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताउनुभएको छ । स्थानीय सरकारवाट जिल्लामै पहिलो पटक आयोजना गरिएको महोत्सवले संघ, प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रसंग सहकार्य एवं साझेदारी गर्दे अगाढी बढ्न समेत सहयोग मिल्ने प्रवक्ता कार्कीले जानकारी दिनुभयाे । 

यसै बिच नेपाली काङ्ग्रेस पाल्पाले बिहान ११ बजे नेपाली काङ्ग्रेस पाटी कार्यालयमा माननीय मन्त्री गुरूङसँग कार्यकर्ता भेटघाट कार्यक्रम आयाेजना गरेकाे नेपाली काङ्ग्रेस पाल्पाका प्रवक्ता शाेभाकर न्याैपानेले जानकारी दिनुभयाे ।

Comments