प्रथम स्थापना दिवसको अवसर हाजिर जवाफ प्रतियोगिता सम्पन्न

नेपाल विद्यार्थी संघ  सिटी क्याम्पस बुटवलले प्रथम स्थापना दिवसको अवसरमा  हाजिर जवाफ प्रतियोगिता  सम्पन्न गरेको छ । प्रतियाेगितामा बिष्णु गाैतमकाे समूह प्रथम,सुनिल पाैडेलकाे समुह द्वितीय र प्रतिक्षा बेल्बासेकाे समूह तृतीय भएका छन । 

 

कार्यक्रमका प्रमुख अतिथि बुटवल वडा न १२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्माले क्याम्पस स्तरमा आयाेजना हुने यस्ता प्रतिस्पर्धात्मक प्रतियाेगिताले विद्यार्थीकाे प्रतिभा प्रस्फुटन हुने बताउनुभयो । आगामी दिनमा क्याम्पस ईकाइले विद्यार्थीकाे व्यक्तित्व र नेतृत्व विकासमा टेवा पुर्याउने खालका रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिदै गर्नुपर्ने सहयोग गर्ने बताउनुभयो । 

 

कार्यक्रमका विशिष्ट अतिथि क्याम्पस प्रमुख फडेन्द्र प्रसाद न्याैपानेले नेपाल विद्यार्थी संघ सिटी क्याम्पस ईकाइले क्याम्पसका विद्यार्थीहरूकाे प्रतिभा चिन्ने खालकाे प्रतियाेगिता राखेको खुशी व्यक्त गर्नुभयाे । कार्यक्रम नेपाल विद्यार्थी संघ सिटि क्याम्पस बुटवलका ईकाइ सभापति शंकर भुसालकाे सभापतित्व,निरज नेपालकाे कार्यक्रम संयाेजनमा कार्यक्रम सम्पन्न भएको थियाे । प्रतियाेगितामा विजयी हुन सफल समुहलाई पुस्तक प्रदान गरिएको थियाे । 

 

Comments