प्रथम रिभाईवा नेपाली भलिबल कपको उपाधि नेपाली सेवा समिति यन्बुलाई

रिभाईवा नेपाली ग्रुप यन्बु, साउदी अरब द्वारा बकर ईद ( ईद अल अधा) को अबसरमा आयोजित प्रथम रिभाईवा कप खुल्ला नक आउट भलिबल प्रतियोगिता २०२४ को उपाधि यन्बु नेपाली सेवा समितिले हात पारेको छ । प्रतियोगिताको फाइनल खेलमा समितिले अरबीयन फाल सेतोलाई ३-१ को सेटमा हराई उपाधि हात पार्न सफल भयो । 

 

प्रतियोगितामा प्रथम हुने नेपाली सेवा समितिले ट्रफी, नगत साउदी रियल १ हजार र मेडल प्राप्त गर्यो । भने द्वितीय हुने अरबीयन फाल सेतो ले ट्रफी, नगत साउदी रियल ६ सय र मेडल प्राप्त गर्यो । प्रतियोगिता मा बेष्ट प्लेअर अफ द टुर्नामेण्ट अरबीयन फाल सेतो का शिषिर घर्ती मगर र बेष्ट स्पाइकर अफ द टुर्नामेण्ट अरबीयन फाल सेतो कै इश्वर बस्नेत भए । अराट्को यन्बु क्याम्पमा २०२४ जुन १५ र १६ गरि २ दिन चलेको प्रतियोगिता मा ८ टिमको सहभागिता रहेको थियो ।

 

समापन समारोहका प्रमुख अतिथि रिभाईवा कम्पनीका इण्डष्ट्रियल म्यानेजर मोहनन्, बिशिष्ट अतिथि एड्मिन एण्ड मार्केटिङ म्यानेजर अराट्कोका अब्दुल समत सिपी, अर्का बिशिष्ट अतिथि नेपाली सेवा समिति यन्बु का अध्यक्ष श्री प्रसाद बर्देवा लगाएतले बिजेता तथा उपबिजेता टिमलाई बधाई दिदै नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गर्नु भएको थियो ।

Comments