प्रशासन र पालिकाहरूलाई सम्भावित जोखिम व्यवस्थापनको तयारी लाग्न काँग्रेस पाल्पाको ध्यानाकर्षण
नेपाली काँग्रेस पाल्पाले केही दिन देखिको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको बताउँदै सम्भावित जोखिमलाई मध्यनजर गरेर राहत तथा उद्दारमा तयारी अवस्थामा रहन प्रशासन तथा जिल्लाका पालिकाहरुलाई ध्यानाकर्षण गराएको छ । त्यस्तै आम नागरिकलाई उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले एक विज्ञप्ती जारी गरी स्थानीय तहमा रहेको विपद व्यवस्थापन समितिलाई पुर्णता दिने र सो समितिको आवश्यकता अनुसार बैठक राखी समितिका गतिविधि जिल्ला विपद् व्यवस्थापन समितिलाई निरन्तर उपलब्ध गराउन जिल्लाका सबै पालिकालाई आग्रह गर्नुभएको हो ।
विगत केहीदिन देखिको अविरल वर्षाका कारण कैयौं स्थानमा जनजीवन अस्तव्यस्त भएको र ती ठाउँहरुमा यातायात, विद्युत तथा सञ्चार सम्पर्क प्रभावित भएको पाइएको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ –‘सकेसम्म यात्रा तय नगर्नुहुन र यदि यात्रा गर्नुपरेमा सडकको अवस्था बुझेर उच्च सतर्कता सहित यात्रा गर्नुहुन सम्पुर्ण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछु ।’मौषम पुर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशका उच्च जोखिममा रहेका ९ जिल्ला मध्ये पाल्पा पनि पहिरोको उच्च जोखिममा छ ।








































Comments