प्रेस चौतारी पाल्पाको अध्यक्षमा पुनः कार्की चयन
पाल्पा– नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाल, पाल्पा शाखाको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
तानसेनमा आयोजित अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।
जिल्ला अधिवेशनले कृष्ण कार्कीलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । संगठनलाई गत तीन वर्षमा मजबुत र सक्रिय बनाउने योगदानका कारण कार्कीले फेरि अध्यक्षताको जिम्मेवारी पाएका हुन् । कार्कीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।
नवगठित कार्यसमितिमा शोभाकान्त पाठक र रिमा सोमै
उपाध्यक्षमा चयन भएका छन् भने, दयाराज न्यौपाने सचिव, भुवन रायमाझी सह-सचिव र नेत्र गैरे कोषाध्यक्षमा चयन भएका छन् । अन्य सदस्यहरूमा खेमराज पाण्डे, जनकराज भट्टराई, सुवास विसी, गुणवती केसी, प्रेम वाकाबल, खुमबहादुर पौडेल र सुमित्रा कंडेल रहेका छन् ।
अधिवेशनले प्रदेश र केन्द्रीय प्रतिनिधिहरू समेत चयन गरेको छ । प्रदेश प्रतिनिधिमा गीता ज्ञवाली र नवराज ज्ञवाली चयन भएका छन् भने केन्द्रीय प्रतिनिधिमा बन्दना पोखरेल, सन्तोष बस्याल र टिकाराम बस्याल चयन भएका छन् ।








































Comments