प्रकृति चन्द्रमा प्रतिष्ठानको आयोजनामा एक दिवसिय केराटिन डेमो तालिम सम्पन्न
पाल्पा-प्रकृति चन्द्रमा प्रतिष्ठानको आयोजनामा एक दिवसिय केराटिन डेमो तालिम सम्पन्न भएको छ । शनिबार पाल्पाको तानसेनमा भएको तालिमको समन्वय हिल्सी प्रोफेश्नल काठमाडौ नेपाल रहेको थियो ।
कार्यक्रमको समुद्घाटन उधोग वाणिज्य महांसघका केन्द्रीय सदस्य एवम तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका श्रेष्ठले ब्युटिसियन व्यवसायीहरूले बैदेशिक रोजगारीमा जाने श्रमशक्तिलाई स्वदेशमा नै स्वरोजगार बनाउन महोत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । ब्युटिसियन व्यवसायीहरूले विदेशमा गर्ने मेहनत र लगानी नेपालमै गर्न सके सम्भावना रहेको कुरा प्रमाणित गरेको बताउनुभयो । सरकारले बैदेशिक रोजगारीमा जाने श्रमशक्तिलाई स्वदेशमा बस्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । यसका लागि सरकारले लगानी कर्ताहरूको लगानी सुरक्षित हुने खालका नीति तथा कार्यक्रम ल्याउनुपर्ने जरूरी रहेको बताउनुभयो । उधोग वाणिाज्य महासंघले महिला उधमीहरूलाई सशक्तीकरण गर्न,सहुलियतमा ऋण प्रदान गरि उधमशिल बनाउनका निमित सरकारसँग पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि उपभोक्ता मञ्चका केन्द्रीय सदस्य माधव नेपालले प्रतिष्ठानले ब्युटिसियनहरूलाई एक दिवसिय केराटिन डेमो तालिम प्रदान गरि प्रशंसानिय कार्य गरेको बताउनुभयो । आगामी दिनमा पनि प्रतिष्ठानले यस्तै सकारात्मक र रचनात्मक क्रियाकलापहरू सञ्चालन गर्न सफल होस भनी शुभेच्छा व्यक्त गर्नुभयो । ब्युटिसियन पेशामा आवद्व हुने व्यवसायीहरूले प्रयोग गर्ने सामाग्रीहरूको सहि रूपमा प्रयोग गर्न नसकेको मानविय स्वास्थ्य नकारात्मक असरहरू देखा पर्ने हुदाँ यस तर्फ पनि व्यवसायीहरूले यश तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पाल्पा उधोग वाणिज्य संघका पुर्व कोषाध्यक्ष महेन्द्र खाती,ब्युटिपार्लर व्यवसायी सुनिता राणा,पाल्पा ब्युटिसियन संघका अध्यक्ष बबिता विष्ट,प्रशिक्षक राजकुमार शर्मा,डम्बर भुषाल, गोकर्ण अर्याल लगाएको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रकृति चन्द्रमा प्रतिष्ठानका अध्यक्ष राेमलाल खनालले प्रतिष्ठानले आर्थिक तथा सामाजिक दृष्टिले पिछडिएको समुदाय, समाजका कमजोर वर्गहरूको क्षमता विकास गर्न सशक्तिकरण जिविकोपार्जन सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । प्रतिष्ठानले नेपाल भित्र रहेका सम्पूर्ण समुदायको भाषा सस्कृति तथा पहिचानको संरक्षण र संबर्दधन गर्दै सामाजिक सहिष्णुता र आत्मनिर्भर समाज निर्माणमा टेवा पुर्याउने कार्य गरेको बताउनुुभयो ।
पिछडिएको समुदायको स्वास्थ्य संरक्षणको लागि स्वास्थय शिविर औषधालय तथा अपाङ्गताको हक हित तथा अन्य सामाजिक कार्यहरु सञ्चालन गर्ने, कृषि,पशु,पर्यटन,बन तथा वातावरण संरक्षण सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो । उहाले भन्नुभयो हामीले युवा युवतीहरुको क्षमता विकास,सशक्तिकरण सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै स्वरोजगारमूलक जीविकोपार्जन जोड्न प्रयास गरेको छौ,उहाले बताउनुभयो । स्वदेशी तथा बिदेशी, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसंग दुई पक्षिय तथा बहु पक्षिय सम्झौताका आधारमा अल्पकालिन तथा दिर्घकालिन कार्यहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।








































Comments