पार्किङ्ग स्थललाई ओपन जिम बनाए वडा अध्यक्ष शाक्यले
पाल्पा- के तपाईंले तानसेन बुटवल यात्राकाे क्रममा हाेलाङ्गदी नजिकै बस पार्किङ गरेकाे देख्नु भएको थियाे । बिशेष गरि उक्त स्थानमा ठुला सवारीसाधन पार्किङ गरेर राख्ने गरिएको थियाे । उक्त स्थानमा अहिले ओपन जिम बनेकाे छ । तानसेन वडा न ३ ले पार्किङ्ग स्थललाई ओपन जिम बनाएकाे हाे । वडाले नागरिकहरूलाई फिजिकल फिटनेसले शारीरिक सुसंगठितमा टेवा पुर्याउने हेतुका साथ ओपन जिमकाे अवधारणा अगाडि बढाएको हाे । पहिले सवारीसाधन पार्किङ गरिने ठाउमा आजभाेली मानिसहरू शरीरलाई तन्दुरुस्त,स्वस्थ,फुर्तिलो तथा बलियो पार्न विभिन्न प्रकारका शारीरिक क्रियाकलापहरू अर्थात शारीरिक व्यायाम व्यस्त देखिन्छन ।
कुल ५ लाख बजेटबाट अहिले उक्त पार्किङ स्थलमा ओपन जिम निर्माण गरिएको तानसेन वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्यले बताउनुभयो । उहाले दैनिक रूपमा फिजिकल फिटनेसकाे माध्यमबाट शारीरिक सुसंगठित गर्न चाहाने नागरिकहरूका लागि वडाले नयाँ काम शुरू गरेको बताउनुभयो । उक्त ओपन जिममा विभिन्न प्रकारका ५ वटा जिमका सामाग्री राखिएको छ । वडाले आगामी दिनमा उक्त स्थानमा ब्याडमिन्टन काेर्डकाे समेत निर्माण गर्ने याेजना रहेको वडा अध्यक्ष शाक्यले बताउनुभयो ।
वडाले आर्थिक बर्ष २०८०/८१ काे कुल ५ लाख बजेटबाट ओपन जिमकाे अवधारणा अगाडी बढाएकाे हाे । वडा अध्यक्ष शाक्यले निर्वाचित भएसँगै वडाका भाैतिक संरचनाकाे निर्माणसँगै सस्कृति एवम परम्पराकाे संरक्षण र प्रचार प्रसारमा लागि परेको बताउनुभयाे । वडाले तानसेन वडा न ३ मा रहेको नेवारी सस्कृति र नेवारी समुदायमा प्रचलित याेमरीकाे संरक्षण र पुस्ता हस्तान्तरण गर्न याेमरी महाेत्सव,लाखे नाचकाे संरक्षणमा जाेड,नेवारी धिमे बाजाकाे संरक्षण र पुस्ता हस्तान्तरणमा जाेड दिदै आएकाे बताउनुभयाे ।








































Comments