प्रजातन्त्र दिवसको अवसरमा अमर नारायण फूलबारी सरसफाइ

पाल्पा-७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा साेमबार  तानसेन नगरपालिका वडा न २ मा अवस्थित अमर नारायण फूलबारी सरसफाइ गरिएको छ ।

 

तानसेन नगरपालिकाकाे आयोजनामा अमर नारायण फूलबारी परिसर सरसफाइ गरिएको हो ।  कुहीने र नकुहिने फोहोर संकलन गरि नकुहिने फाेहाेरलाई नगरपालीकाको ट्याक्टर मार्फत व्यवस्थापन गरिएको थियो । सरसफाइ कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी आन्नद काफ्ले,तानसेन नगरपालिकाका प्रवक्ता यादब सिङ कार्की,नगरपालिका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली,विभिन्न सरकारी कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मीहरूकाे सहभागीता रहेको थियो ।

 

सरसफाइ कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले शिक्षा, स्वास्थ्य, सभ्यता र वातावरणसंग जोडिएको सरसफाई कायम गर्न समुदायको महत्वपूर्ण भूमीका रहने बताउनुभयो । तानसेन वडा न २ मा अवस्थित अमर नारायण मन्दिर एक ऐतिहासिक मन्दिर रहेकाले मन्दिर प्रचार प्रसार र फूलबारीकाे संरक्षण गर्न नगर सरकारले याेजनाका साथ अगाडि बढ्ने बताउनुभयो । मन्दिर नजिकै निर्माण गरिएको पाेखरीमा १ सय ८ धारा जडान गरिएको र अब छिटै शिव लिंग स्थापना गरि धार्मिक पर्यटकिय स्थलकाे रूपमा विकास गरिने बताउनुभयो । त्यस्तै नगर सरकारले फूलबारीकाे डिपि आर बनाउन पहिलो चरणमा ५ लाख बजेट विनियोजन गरेको बताउनुभयो । आगामी दिनमा फूलबारीलाई व्यवस्थित गर्ने र धार्मिक पर्यटकिय गन्तव्यकाे रूपमा विकास गर्ने गरि नगरपालिकाले याेजना बनाउने बताउनुभयो ।

 

वि.स २००७ फागुन ७ गते जहानीया राणा शाषणको अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको अवसरमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइदै आएको छ ।

Comments