परिचयात्मक कार्यक्रम सम्पन्न
पाल्पा-त्रिभुवन बहुमुखी क्याम्पस मानविकी संकाय स्नातकोत्तर समाजशास्त्र तेस्रो सत्रमा अध्ययरत विद्यार्थीकाे आयोजनामा परिचयात्मक कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रमकाे अध्यक्षता तेस्राे सत्रका विद्यार्थी दुष्यन्त भण्डारीकाे अध्यक्षतामा सम्पन्न भएको हाे । परिचयात्मक कार्यक्रमकाे प्रमुख अतिथि क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई रहनुभएकाे थियाे । कार्यक्रमकाे आरम्भमा राष्ट्रगानसँगै सहिदहरूप्रति सम्मान स्वरूप एक मिनेट माैनधारण गरि गरिएको थियाे । कार्यक्रम उद्घाटन क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई ब्यानर पढि गर्नुभएको हाे । कार्यक्रमकाे उद्घाटन पश्चात परिचयात्मक कार्यक्रम भएको थियाे ।
कार्यक्रममा क्याम्पस प्रमुख भट्टराईले गुरुगम्भीर कार्यक्रमकाे आयोजना गरेकोमा विद्यार्थीहरूलाई धन्यवाद तथा बधाई ज्ञापन गर्नुभयो । त्रिभुवन बहुमुखी क्याम्पस त्रिवि भन्दा जेठाे क्याम्पस रहेको बताउनुभयाे । क्याम्पसबाट उत्पादन भएकाे जनशक्तिले राष्ट्रका धेरै माथिल्ला तहमा र अन्तर्राष्ट्रिय स्तरमा समेत याेगदान गर्नु क्याम्पसकै गरिमा रहेको मर्म उहाँले उल्लेख गर्नुभयो । पछिल्लो समयमा युवाहरू बैदेशिक राेजगारीमा गइरहेको परिस्थिति रहेको बताउनुभयो । विद्यार्थीहरूले स्वदेशमा नै अध्ययन गरि स्वदेशी माटाेमै केही गर्न सकिन्छ भन्ने सन्देश दिने गरि अग्रसर हुन विद्यार्थीहरूलाई आग्रह गर्दै क्याम्पसकाे साख बढाउने गरि लाग्नु पर्ने कुरामा जाेड दिनुभयाे ।
समाजशास्त्र विभागका प्रमुख टेकराज पन्थीले कार्यक्रमकाे आयोजना गरेकोमा एम. ए समाजशास्त्त्र तेस्रो सत्रका विद्यार्थीलाई धन्यवाद व्यक्त गर्नुभयो । विभागीय प्रकृति र अवस्थालाई उहाँले झल्काउनु भएकाे थियाे । निकट भविष्यमा विभागका तर्फबाट अनुसन्धानकाे कार्यक्रम गरिने कुरा समेत उहाँले उल्लेख गर्नुभयो । स्ववियु सभापति कृष्ण अर्यालले कार्यक्रमकाे आयोजना गरेकोमा आयाेजक समूहलाई धन्यवाद व्यक्त गर्नुभयो । धेरै साथीहरू पेसामा संलग्न रहेकोले हाम्रो देशमा पनि सम्भावना छन् भन्ने अनुभूति भएको विचार उहाँले व्यक्त गर्नुभयो । स्ववियुले क्याम्पसमा सिर्जनात्मक कार्यक्रमहरू गर्दै आएको सन्दर्भ पनि प्रकाश पार्नु भएकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी माया गाैतमले गर्नुभएको थियो । भने कार्यक्रमकाे सञ्चालन विशाल ओलीले गर्नुभएको थियोे ।








































Comments