पुर्बखाेला -१ सिलुवामा आठाैं मण्डली कप २०८१ उद्घाटन

होम राई मगर  

पाल्पा / मण्डली स्पाेर्टस् क्लबको सान, खेलकुद तथा लाेेक संस्कृतिकाे पहिचान भन्ने नाराका साथ आठाैं मण्डली कप २०८१ उद्घाटन कार्यक्रम पुर्बखाेला -१ सिलुवा माझकाेट मण्डली स्पाेर्टस् क्लबको खेल मैदानमा भएको छ । क्लबका अध्यक्ष अनन्त प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद नारायण प्रसाद आचार्य मुख्य पाहुना रहनु भएको हाे । कार्तिक २१ गते देखि २४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा खुल्ला क्लब स्तरीय  पुरुष तथा महिला भलिबल खेल सञ्चालन हुने खेलमा पुरुष तर्फ ६ समूह र महिला तर्फ ४ समुहकाे सहभागिता रहेको आयाेजकले जनाएको छ । 

 

भलिबल प्रतियोगिताना पुरुष तर्फको खेलमा बिजेताले नगद १ लाख ५० हजार ट्र्फी मेडल र प्रमाणपत्र र उपबिजेताले नगद १ लाख ट्र्फी मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ भने तृतीय हुनेले नगद ७० हजार ट्र्फी मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले नगद ३५ हजार ट्र्फी मेडल र प्रमाणपत्र प्राप्त गर्ने सचिव कृष्ण प्रसाद पंगेनीले वताउनु भएको छ । त्यसैगरी महिला तर्फको खेलमा प्रथम हुनेले नगद ३० हजार  ट्फी मेडल र  प्रमाणपत्र , दितिय हुनेले नगद २० हजार  ट्र्फी मेडल र प्रमाणपत्र र तृतीय हुनेले नगद १० हजार  ट्र्फी मेडल र प्रमाणपत्र र सान्त्वना पुरस्कार  नगद ५ हजार ट्र्फी मेडल र प्रमाणपत्र रहने बताएको छ । कार्यक्रममा प्रदेश अर्थ उद्योग तथा पर्यटन समितिका सभापति प्रदेश  सांसद  माननीय राजु प्रसाद श्रेष्ठ , पुर्वखाेला गाउँपालिकाका अध्यक्ष  नुन बहादुर  थापाले कार्यक्रमको आवश्यकता र महत्त्व बारे बोल्नुभएको थियो । 

 

क्लबका उपाध्यक्ष युद्ध  बहादुर बिरकट्टाले स्वागत गर्नुभएको कार्यक्रमको सन्चालन  सचिव कृष्णप्रसाद पंगेनीले गर्नुभएको हो । प्रतियोगिताको पहिलो दिन आज जिल्ला भलिबल संघ पाल्पा र आयाेजक बिच भएको खेल बराबरी मा टुंगिएको  छ ।

Comments