पाल्पामा सामुदायिक कोच कोर्ष सम्पन्न, डी लेभल तालिम सञ्चालनको तयारी

पाल्पा– अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा, तानसेन नगरपालिकाको सहकार्य र पाल्पा जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भएको सामुदायिक कोच कोर्ष तालिम शनिबार सम्पन्न भएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोष लाल श्रेष्ठले सामूहिक भावना र सहकार्यका साथ फुटबललाई अगाडि बढाउन आवश्यक रहेको बताउँदै, आगामी दिनमा डी लेभल कोच तालिम तथा उच्च स्तरीय प्रशिक्षणहरू सञ्चालन गर्न नगरपालिका सदैव सहकार्य गर्न तयार रहेको धारणा राख्नुभयेा । उहाँले खेलकुदले युवालाई अनुशासननेतृत्व  सकारात्मक सोचदिने बताउदै  फुटबलजस्ता लोकप्रिय खेलका लागि नगरपालिकाले सस्थासँग समन्वयन र सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयेा । 

 

कार्यक्रममा एन्फाका हेड कोच एजुकेटर सञ्जित सिंहले यो तालिम नेपालमा सम्पन्न भएको ५० औं कोच कोर्ष भएको जानकारी दिनुभयो । उहाँका अनुसार देशका विभिन्न जिल्लाबाट सहभागिता जनाएका प्रशिक्षकहरूले आ–आफ्नो स्थानबाट खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिइरहेकेा आगामी दिनमा पनि तालिम सहभागीहरूले खेलाडी उत्पादनमा टेवा पुर्याउने गरि आग्रसर हुन आग्रह गर्नुभयेा । 

कार्यक्रममा प्रशिक्षक तेजेन्द्र कुमार थापाले अझ उच्च स्तरीय तालिमहरू आवश्यक रहेको उल्लेख गर्दै, भविष्यमा ए लेबल लाइसेन्स सम्मका तालिम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

 

पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष पण्य वीरजंग राणाले दक्षता र सीपलाई व्यवहारमा उतार्दै महिला फुटबललाई समेत प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिला र पुरुष फुटबल दुबैलाई समान अवसरसहित अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । तालिममा सहभागी प्रशिक्षकहरूले आफूले प्राप्त गरेको ज्ञान र सीपलाई आफ्ना स्थानीय स्तरमा प्रयोग गरी नयाँ खेलाडी उत्पादन र प्रशिक्षणमा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रम एन्फा पाल्पाका उपाध्यक्ष प्रजवल प्रसाद उदयकेा संयेाकत्व र जिल्ला फुटबल संघ पाल्पा सदस्य करन चित्रकारकाे सञ्चालनमा सम्पन्न भएकेा थियेा । 

Comments