पाल्पामा साईक्लिङ संघद्वारा स्वागत तथा ‘फेरि भेटौला’ कार्यक्रम सम्पन्न
पाल्पा, २०८२ भदौ ३१, मङ्गलबार — पाल्पा जिल्ला साईक्लिङ संघको आयोजनामा एक विशेष “स्वागत तथा फेरि भेटौला (विदाई)” कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत दि फेमस महिन्द्र दल गण, पाल्पाका नव आगन्तुक गणपति श्री सन्त कुमार थापा ज्यू र सेनानी श्री निराजन सापकोटा ज्यू लाई सादर स्वागत गरिएको थियो, साथै दीर्घकालसम्म आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गरेका सेनानी श्री जीत बहादुर कार्की ज्यू लाई सम्मानपूर्वक “फेरि भेटौला” भन्दै विदाई गरियो।
कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य श्री अमन काजी शाक्यले व्यक्त गर्नुभएको थियो। उहाँले नव आगन्तुक अधिकृतहरूको पाल्पा आगमनप्रति खुसी व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो। साथै, यस कार्यक्रम सम्बन्धी सम्पूर्ण जानकारी पनि श्री अमन काजी शाक्यकै प्रस्तुतिबाट सहभागीहरूलाई दिइएको थियो ।
कार्यक्रमको सन्चालन विज्ञान बज्राचार्यले गरिरहनुभएको थियो, जसले सम्पूर्ण कार्यक्रमलाई आकर्षक, समर्पित र व्यवस्थित ढंगले अघि बढाउनुभयो।
यस अवसरमा श्री सागर महर्जनले “फेरि भेटौला” भन्दै भावनात्मक अभिव्यक्ति प्रस्तुत गर्दै सेनानी कार्कीप्रति सम्मान प्रकट गर्नुभयो । उहाँकाे योगदानको स्मरण गर्दै आगामी दिनमा पनि सहयोग र मित्रताको सम्बन्ध कायमै रहने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी, श्री मुनेश रत्न गुबाजुले साईकल स्वास्थ्यका लागि अत्यन्त उपयोगी भएको भन्दै, यस्ता कार्यक्रमले साईक्लिङ संस्कृतिको प्रवर्द्धन गर्ने मात्र होइन, जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गर्नुभयो ।








































Comments