पाल्पामा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते

पाल्पा- कालीगण्डकी करिडोर सडक खण्डमा तानसेन देखि रामपुर तर्फ जाँदै गरेको लु १३ प ८६३५ नम्बरको मोटरसाईकल र विपरीत दिशा तर्फबाट आउँदै गरेको लु ७७ प ४५०५ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बगनासकाली ९, चापपानीको २८ वर्षका अर्जुन विक रहेको प्रहरीले जनाएको छ । 

 

दुइ वटा मोटरसाईकलमा सवार ४ जना घाईते भएका थिए । विकलाई रामपुर अस्पतालमा उपचारका लागि पठाइएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक लु १३ प ८६३५ नम्बरको मोटरसाईकल पछाडि सवार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तीन जना घाइते भएका छन् । 

 

घाइतेहरूमा लु १३ प ८६३५ नम्बरको मोटरसाईकल चालक जिल्ला पाल्पा बगनासकाली गा.पा.९ बस्ने वर्ष ५१ को विष्णु प्रसाद बि.क, लु ७७ प ४५०५ नम्बरको मोटरसाईकल चालक जिल्ला स्याङजा चापाकोट न.पा. ९ बस्ने वर्ष अन्दाजी २९ को विवेक भट्टराई र लु ७७ प ४५०५ नम्बरको मोटरसाईकल पछाडि सवार जिल्ला रुपन्देही तिलोत्तमा न.पा .५ मणिग्राम बस्ने वर्ष अन्दाजी २८ को दिपक पाण्डे रहनुभएका छ । उनीहरूको अवस्था गम्भीर रहेको छ । घटना आज दिउँशो साढे २ बजेतिर भएको हो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले बताउनुभयो ।

Comments