पाल्पामा कुटपिट गरी वृद्ध महिलाको हत्या

पाल्पा - पाल्पाको माथागढी-४, झडेवामा कुटपिटबाट वृद्ध महिलाको  हत्या गरिएको  छ । गएराति १२ बजेतिर स्थानीय ३७ वर्षका मिनबहादुर विश्वकर्माले सोही स्थानकी ७६ वर्षीया फूलमाया जिसीलाई कुटपिट गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सो घटनामा परी ८२ वर्षीय श्रीमान् प्रेमबहादुर जिसी घाइते हुनुभएको  छ । उहाँलाई उपचारको लागि लुम्विनी मेडिकल कलेज पठाइएकाेमा थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको छ। कुटपिटमा धारिलो हतियार समेत प्रयोग भभएको  स्थानीयले बताएका छन् । 

 

यसैवीच घटनामा संलग्न विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको  छ । घरमै लुकुरे बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होम प्रकाश चाैधरीले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

Comments