पाल्पामा जेसिजको संसदीय प्रणाली सम्बन्धी तालिम सम्पन्न
पाल्पा, पाल्पा जेसिज वर्ष २०२४ ले संसदीय सभा प्रणाली सम्बन्धी दुुई दिने राष्ट्रियस्तरको तालिम तानसेनमा सम्पन्न गरेको छ । जेसिजमा आवद्ध जेसी सदस्यहरुलाई बैठक सञ्चालन, मर्यादा, आफ्ना भनाइ राख्ने शैली लगायतका बारेमा जानकारी दिने उद्देश्यले सञ्चालन गरेको २ दिने तालिम सम्पन्न भएकाे हाे ।
तानसेनको धुर्वघाटस्थित सित्तल फार्ममा सञ्चालन भएको तालिम समापनका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुुख सन्तोषलाल श्रेष्ठले जेसिजले युवाहरूमा सकरात्मक सोंचको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले सकरात्मक सोंचले मात्र लक्ष्य पुरा हुने भन्दै धैर्य र एकाग्रह भएर सकरात्मक सोंचका साथ काम गर्न युवाहरुलाई आग्रह गरे । उनले आफुु पनि वर्ष १९९० को मा जेसिज पाल्पाको अध्यक्ष भएको र त्यहाँबाट व्यक्तित्व विकाससँगै जीवन जिउने कला राम्रोसँग सिक्ने अवसर प्राप्त गरेको भन्दै युवाहरुलाई धैर्य र एकाग्रह भएर तालिममा सहभागी हुन आग्रह गरे । जेसिजले बिशेष युवा शक्तिहरूकाे व्यक्तित्व र नेतृत्व विकासमा टेवा पुर्याउने गरि विभिन्न युवा लक्षित कार्यक्रम सञ्चालन गर्दै आएकाे बताए । नगर सरकारले आगामी दिनमा सस्थासँग समन्वय र सहकार्य गरि युवा लक्षित कार्यक्रम गर्न तयार रहेको बताए ।
कार्यक्रममा मुख्य प्रशिक्षक जेसी कैलाश खाकी श्रेष्ठले पाल्पा शाखाले मिसन र भिजनलाई आत्मसाथ गर्दै आएकोमा खुसी व्यक्त गरे । नेपाल जेसिजकै बर्ष २०२४ मा गरेको याे तालिम पहिलाे रहेको बताए । उनले अहिले देशभरि आगाे लागीकाे जलन सम्बन्धि सचेतना अभियान सञ्चालन गर्न लागिरहेकाे बताए । उनले भने "देशभरि आगाे लागीबाट बच्ने उपायका बारेमा सचेतना सँगै आगाेलागीबाट जलनमा परेका व्यक्तिकाे प्राथमिक उपचारका बारेमा स्वास्थ्य सस्था सम्म पुगी सचेतना कार्यक्रम गर्न गइरहेका छाै" । यस अभियानमा समग्र पाल्पा जेसिज र स्थानीय सरकारले समन्वय र सहकार्य गरि अगाडि बढ्न तयार रहेको बताए ।
जेसिजका राष्ट्रिय कार्यकारी उपाध्यक्ष जेसी शिव प्रसाद भुसालले जेसिज सहयोग गर्ने सस्था नभइ सहयोग खाेजी दिने सस्था रहेको बताए । जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसी गणेश सापकोटाले जेसिज वर्ष २०२४ लाई ऐतिहासिक र सफल वर्षको रुपमा चिनाउन वर्ष भरी प्रशिक्षणका कार्यक्रमहरु गर्ने जानकारी गराए । कार्यक्रममा जेसिज पाल्पाका सस्थापक सचिव एवम पुर्व अध्यक्ष बुद्वि प्रसाद शर्मा,बुटवल जेसिजका अध्यक्ष बिनाेद घिमिरे,गैडाकाेट जेसिजका अध्यक्ष राजेश पाैडेल लगाएतले मन्तव्य राख्नु भएको थियाे ।
जेसिज पाल्पाका अध्यक्ष जेसी अर्जुन कार्कीले जेसिज वर्ष २०२४ को जेसिज अभियानलाई सफल बनाउन समय सापेक्षा उत्कृष्ट एवं उपलब्धी मूलक कार्यक्रमहरु सञ्चालन गरी युवाहरुको अन्तरनिहित प्रतिभालाई प्रशिक्षणको माध्यद्वारा प्रस्फुटन गराई कुुसल नेतृत्व तथा सबल व्यक्तित्व विकासमा योगदान पुर्याउने उद्देश्यका साथ पाल्पामा तालिम सञ्चालन गरिएको बताए । प्रशिक्षणका लागि देशभर रहेका जेसिजका २६ शाखाका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागीता रहेको छ । सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियाे ।








































Comments