पाल्पामा जिप दुर्घटना : मृतको संख्या १० पुग्यो, घाइते १८ (अपडेट)
पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार चिदिसमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
घाइतेहरुको अवस्था बुझ्न लुम्बिनी मेडिकल कलेज प्रभासमा पुगेका नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गहिरे,नेपाली काङ्ग्रेस तिनाउ गाउँपालिकाका सभापति प्रेम पाण्डेय,तिनाउ वडा न ६ का वडा अध्यक्ष टाेम बहादुर पुनका अनुसार दुई जनाको अस्पतालमा ल्याउदै गर्दा र अन्य ८ जनाको घटनास्थलमै ज्यान बताएका छन ।
मृतकको अझै सम्म् पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हेरम्वर शर्माले जानकारी दिए । मृतक सबै एकै गाउँका रहेका छन् । घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ । घाइतेहरुको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको एसपी शर्माले बताए । प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरुको उद्दार गरिएको हो ।उकालोमा ब्याक गर्ने क्रममा जिप दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








































Comments