पाल्पामा जिप दुर्घटना अपडेट ; ८ जनाको मृत्यु, १७ घाइते

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । 

 

घाइते हुनेहरुलाई प्रहरी चौकी प्रभासको टोली र स्थानीयकाे सहयोगमा लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको तिनाउ वडा न ६ का वडा अध्यक्ष टाेम बहादुर पुनले जानकारी दिनुभयो । जिपमा २५ जना यात्रुहरू सवार रहेका वडा अध्यक्ष पुनले जानकारी दिनुभयाे ।

Comments