पाल्पामा ‘हेरिटेज राइड"काे तयारी पूरा

पाल्पामा यही कार्तिक २३ गते शुक्रवार र २४ गते  शनिवार दुई दिने ‘हेरिटेज राइड संचालन हुदै छ । पाल्पा साइक्लिङ संघको आयोजनामा जिल्लामा रहेका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने गरी ‘सम्पदा साइकल राइड’ आयोजना हुने भएको हो ।  संघले पाल्पालाई साइक्लिङ गन्तव्यको रुपमा विकास गर्ने मुख्य उद्देश्यका साथ देशभरीका साईकलयात्रीहरुको पाल्पामा जमघट गराई हेरिटेज राइड संचालन गरेको जनाएको छ । हेरिटेज राइडको सम्पूर्ण तयारी पुरा भएको पाल्पा साइक्लिङ संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । राईडको लुम्विनी प्रदेशका उधोग तथा पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपानेले शुभारम्भ गर्ने छन । 

पहिलो दिन कार्तिक २३ गते  विहान ७ बजेबाट  तानसेनको टुडिखेल बाट शुरु हुने हेरिटेज राइड, भिमसेन टोल, नारायण मन्दिर, अशनटोल, मखनटोल हुदै  पाल्पा दरबार संग्रहालय, ऐतिहासिक धार्मिक पर्यटकीय स्थल भैरवस्थान, रिव्दिकोट को हार्थाेक, देउराली हुदै ख्याहाको  देवदत्त पार्क सेल्फीडाडा लिस्नेभिर, कुमाल बस्ती जोगिथुम हुदै रुरु क्षेत्र रिडिमा पुगी बास बस्ने छन । 

दोस्रो दिन रुरु क्षेत्रका ऐतिहासिक धार्मिक पर्यटकीय स्थलहरुको अवलोकन गर्दै ऋषिकेशव मन्दिर बाट साइक्लिङ यात्रा शुरु गरेर अर्गली बाट कालिगण्डकी करिडोर हुदै रानीमहल, रानीमहल बाट हात्तिढुङ्गा, अवल, नारायणडाडा हुदै गोर्खेकोट बाट तानसेनमा आई समापन हुनेछ । रानीमहल बाट तानसेन आईने समया अवल देखी गोर्खेकोट सम्म राईड अप संचालन गरिने र उत्कृष्ट हुने लाई विशेष किसिमको उपहार प्रदान गर्ने कार्यक्रम समेत आयोजकले बनाएको छ । 

साईकल यात्राको लागी १ सय ५० जना यात्रुहरु पाल्पा आईसकेको छन । १४ बर्ष उमेर देखी ६५ बर्ष उमेर सम्मका व्यक्तिहरु साईकल यात्रामा सहभागी रहेका छन । साईकल यात्रामा २ जना अपाङ्ग, १ जना महिलाको पनि सहभागिता रहेको छ । साईकलयात्राको लागी विशेषगरी स्थानीय सरकारले सहयोग गरेका छन भने तानसेनका होटल व्यबसायीले पनि साथ दिएका छन । साईकल यात्रामा २५ लाख रुपैया सम्मका साईकलहरु संचालन हुने आयोजकले जनाएको छ । 

 

साईकलयात्रीको लागी विशेष विमाको व्यबस्था गरिएको, यात्राको क्रममा सहभागीलाई कुनै किसिमको असुविधा नहुने गरी संघले  मेडिकल टिम देखी, साईकल मर्मत, सम्मको व्यबस्थाापन समेत गरेको संघका अध्यक्ष रुपेश महर्जनले बताए ।  पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले संघले संचालन गरेको साईकल यात्रा कार्यक्रम बाट पाल्पाको पर्यटन विकासमा ठुलो टेवा पुग्ने, आगामी दिन पाल्पा जिल्ला साईकल गन्तव्य जिल्लाको रुपमा विकास हुने बताए । संघका सल्लाहकार सागरमान महर्जनले पाल्पा जिल्ला साईकल गन्तव्य जिल्ला बनाउन मिल्ने सबै किसिमको वातावरण र भुगोलले साथ दिएको उत्कृष्ट स्थान भएको बताए । संघले साईकल यात्रीहरु लाई बस्ने खाने लगायतका  सुविधाहरु प्रदान गरेको संघका अमनकाजी शाक्यले बताए । साईकलयात्री लाई तानसेन, ख्याहा, रिडिमा स्थानीय कला संस्कृतीबाट स्वागत गर्ने, झाकी र्याली देखाउने तयारीमा स्थानीयवासीहरु जुटेको संघका सचिव  विज्ञान बज्र्राचार्यले जानकारी दिए संघले आगामी बर्ष पाल्पामा साईकल रेश प्रतियोगिता पनि संचालन गर्ने जनाएको छ । 

Comments