पाल्पामा ‘हेरिटेज राइड–२०८१’ काे,उद्घाटन गर्न लुम्बिनी प्रदेशका पर्यटन मन्त्री न्याैपाने आउदै ।

पाल्पा, पाल्पामा ‘हेरिटेज राइड–२०८१’ हुदैछ । पाल्पा साइक्लिङ संघको आयोजनामा जिल्लामा रहेका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने गरी ‘सम्पदा साइकल राइड’ आयोजना हुने भएको हो ।‘स्वास्थ्य र पर्यटनको लागि साइकल चलाउने’ भन्ने मूल नाराका साथ यही कार्तिक २३ र २४ गते साइकल यात्रा गर्न लागिएको संघले जनाएको छ । 

हेरिटेज राइड–२०८१ काे शुभारम्भ गर्न लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका मन्त्री प्रचण्ड विक्रम न्याैपाने आउनु हुने भएकाे छ । 

 

जिल्लाका ऐतिहासिक धार्मिक, पर्यटकीय स्थलहरु  पाल्पा दरबार संग्रहालय, भैरवस्थान मन्दिर, अर्गेली दरबार, रुरु ऋषिकेश मन्दिर, रिडी,रानीमहल, देवदत्तपार्क, लिस्ने भिर लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरिने पाल्पा जिल्ला साइकिलिङ्ग संघका अध्यक्ष रुपेश महर्जनले बताउनुभयो । स्वास्थ्य र पर्यटकीय क्षेत्रलाई जोडेर साइकल यात्रा गर्न लागिएको बताउनुभयाे । उहाले यो कार्यक्रम पाल्पा साइक्लिङ संघको मात्र नभएर आम पाल्पालीहरुको हितमा हुन लागेकाे र तयारलाई तिव्रता दिएकाे बताउनुभयो ।  यात्रामा देशभरका १ सय ५० बढी साइकल यात्री सहभागी हुदैछन । उहाले भन्नुभयाे ‘कार्यक्रममा सहभागी हुन हामीले अनलाईमार्फत दर्ता गर्न आह्वान गर्छौं, त्यसमा १ सय ५० जनालाई हामीले सहभागी गराउने लक्ष्य लिएका छौं, उक्त संख्या भन्दा पनि बढी हुन सक्नुहुन्छ ।’अनलाईन दर्ता व्यक्तिगत र सामूहिक दुवै तरिकाबाट गर्न सकिने संघका सदस्य शान्तम थैवले जानकारी दिनुभएकाे छ  । उहाका अनुसार कार्यक्रममा सहभागी हुन दर्ता शुल्क प्रतिव्यक्ति २ हजार ५ सय लाग्ने छ । उनीहरुलाई बस्ने खाने व्यवस्थाका लागि भने विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी आयोजकले व्यवस्था गर्ने संघका सचिव अमन शाक्यले  बताउनुभयाे । 

 

हेरिटेज राइड–२०८१ का लागि बुटवलमा रहेको ओम कालिका हाेमियाेप्याथिक अस्पतालले एक वटा एम्बुलेन्स सहित स्वास्थ्यकर्मी उपलब्ध गराउने भएको छ । अस्पतालका प्रमुख डाक्टर माधव थापाले हेरिटेज राइड गर्दा साइकल यात्रीकाे स्वास्थ्यमा आउन सक्ने स्वास्थ्य समस्यालाई मध्ये नजर गरि अस्पतालले एक स्वास्थ्यकर्मी सहित एम्बुलेन्स उपलब्ध गराउने बताउनुभयो ।

Comments