पाल्पामा ACC U-16 इस्ट जोन कप २०२५ का लागि छनोट प्रतियोगिता सुरु
पाल्पा, वैशाख २५ — जिल्ला क्रिकेट सङ्घ पाल्पाको आयोजनामा ACC U-16 इस्ट जोन कप २०२५ का लागि छनोट प्रतियोगिता तानसेनको टुँडिखेल मैदानमा सुरु भएको छ। मिति २०८२ साल वैशाख २५ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाभित्रका ५३ जना यु-१६ उमेर समूहका खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगितामा चारवटा टिम बनाएर खेल सञ्चालन गरिएको छ —जस्मा पाल्पा हरियो, पाल्पा रातो, पाल्पा निलो र पाल्पा पहेँलो रहेका छन ।
पहिलो खेल: पहिलो खेलमा पाल्पा हरियो र पाल्पा रातोबीच प्रतिस्पर्धा भएको थियो । टस जितेर पाल्पा हरियोले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पाल्पा रातोले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको थियो । जवाफमा पाल्पा हरियोले १४ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै शानदार जित हात पारेको थियो । पाल्पा रातोतर्फ आयुष पन्त, प्रमोद न्यौपाने, अप्सन पाण्डे र मिसन कामुले एक–एक विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच नवीन थापा घोषित भए ।
दोस्रो खेल: दोस्रो खेल पाल्पा निलो र पाल्पा पहेँलो टिमबीच भएको थियो। टस जितेर पाल्पा पहेँलोले ब्याटिङ रोज्दै निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ९० रन बनाएको थियो। बलिङतर्फ पाल्पा निलोका अमित अर्यालले ३ विकेट लिए भने दिपेश भण्डारी, भास्कर महासेठ, शंकर रायमाझी र अनिकेतन भण्डारीले एक–एक विकेट लिए। ९१ रनको लक्ष्य पछ्याउँदै पाल्पा निलोले ७.२ ओभरमै एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। स्वीकृत पौडेलले आक्रामक ब्याटिङ गर्दै ५४ रन बनाएका थिए भने दिपेश भण्डारीले २५ रनको योगदान दिए । म्यान अफ द म्याच स्वीकृत पौडेल घोषित भए ।








































Comments