पाल्पाली संगम टेक्सास अमेरिकाको अधिवेशन सम्पन्न
अमेरिका । प्रवासमा रहेका पाल्पालीहरूलाई एकताबद्ध गर्दै सामाजिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले स्थापित पाल्पाली संगम टेक्सासको पहिलो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रूपमा पाल्पाली संगम युएसएका पूर्व उपाध्यक्ष डा.सन्दीप पाण्डेले पाल्पा जिल्लाको दीर्घकालीन विकासमा प्रवासी नेपालीहरूको भूमिका, संस्थागत सुदृढीकरण, र एकताको महत्वबारे आफ्नो धारणा राख्नुभएको थियो । पाल्पाली संगम टेक्ससका सचिव तथा युवा नेता नारायण पौड्यालको संचालन रहेको कार्यक्रममा एनआरएनए युएसएका उपाध्यक्ष नेत्र पाण्डे, समाजसेवी तथा स्वास्थ्यकर्मी डा. विष्णु माया उपाध्यायले पाल्पाली संगम टेक्ससको प्रयासको प्रशंसा गर्दै, पाल्पा जिल्लाको शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, रक्त संकलन, तथा सामाजिक सेवामा सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वक्ताहरुले संस्थालाई अझ सशक्त बनाउने, प्रवासी नेपालीहरूलाई एकताबद्ध गर्ने, र मातृभूमिको विकासमा योगदान पु¥याउने विषयमा जोड दिनुभयो । अधिवेशनमार्फत १४ सदस्यीय कार्यसमिति चयन गरिएको छ, जसको नेतृत्व अध्यक्ष शिव काफ्लेले गर्नुभएको छ । उपाध्यक्षमा बाबुराम देवकोटा, सचिवमा नारायण पौड्याल, कोषाध्यक्षमा मनिष पौड्याल सदस्यहरूमा मीना भट्टराई, टंक अधिकारी, नेत्र पाण्डे, कुल विश्वकर्मा, केशव राना मगर, मधुसूदन नेपाल, युनराज खनाल, सुदीप पौड्याल रहनुभएको छ ।
समितिको निर्वाचन प्रक्रियाका लागि केन्द्रीय समिति कोषाध्यक्ष अर्जुन पौड्याल, केन्द्रीय समिति सल्लाहकार यादव खनाल र एनआरएनए टेक्सस च्याप्टर अध्यक्ष निकेश पोखरेल खटिनुभएको थियो । पाल्पाली संगम टेक्सासले “साझा भावना, साझा विकास”को मूल मन्त्रमा टेक्ससमा रहेका सम्पूर्ण पाल्पालीहरूलाई एकताबद्ध गर्दै, प्रवास र मातृभूमि दुबै स्थानमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।








































Comments