पाल्पाका विभिन्न स्थानमा तरबार ठोक्काउँदै निकालियो सराय नाच
पाल्पा —सयौं मान्छेको भीडमा टिलिक्क टल्कने खुकुरी, खुँडा, तरबार र अर्को हातमा ढाल वा रातो रुमाल र घाँटीमा जमरा वा मन्दिरको तोरण बाँधेर ‘वाख्खै, हो’ भन्दै बाजाको तालमा नाचिने नाच हो सराय । पाल्पाका विभिन्न स्थानमा सराय नाच निकालिएको छ । तरबारसहित लडाइँको अभिनयबाट सुरु भई भट्याउँदै सराय नाचिने गरिन्छ । कोटघर, दुर्गा र देवीका शक्तिपीठमा हतियार जुधाएर सराय नाच्दै, जमरा र फूलपाती खोला एवं पोखरीमा बगाउँदै दसैंलाई बिदाइ गर्ने गरिन्छ ।
प्रत्येक बर्ष काेजाग्रत पुर्णिामाकाे अवसरमा पाल्पाका विभिन्न स्थानमा सराय नाच निकालिन्छ । यसै बिच पाल्पा रैनादेबी छहरा गाउँपालिकाकाे मुझुङ्ग,तानसेन वडा न ११ काे लिपिन्देबी मन्दिर,भारकाेट लगाएतका स्थानमा सराय नाच निकालिएकाे छ । मुझुङ्गकाे कालिका मन्दिरबाट पुजा पाठ शुरू भइ बालबालिका, युवादेखि पाका उमेरसम्मका पुरुष र महिलाले एक हातमा खुडा,तरबार लिएर एक आपसमा जुधाउदै वाख्खै, हो’ भनी कटाैजे पानी खेल मैदान सम्म आइपुगेका थिए । दसैंको टीका लगाउन घरमा आएका मध्ये अधिकांश मन्दिरमा पुगेर दर्शन गरी सराय नाचेर पूर्णिमाको अर्को दिन फर्कने गर्छन् । राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजय उत्सवस्वरूप हर्षबढाइँ गर्दै कोट र मन्दिरमा हतियार प्रदर्शन गर्दै सराय नाच्न थालिएको जनविश्वास रहेको छ ।
सराय नाचकाे इतिहास हेर्दा जानकारहरूका अनुसार टीका लगाउने र त्यसको खुसियालीमा सराय नाच नाचिन्छ । मन्दिरमा विधिपूर्वक पूजा गरेपछि मन्दिरबाट हतियार, आलम, बाजा निकालेर रमाउँदै यो नाच देखाउन थालिन्छ । भगवती मन्दिरमा विधिपूर्वक राखिएको जमरा पूर्णिमाको दिन सराय नाचेर विधिपूर्वक सेलाइने प्रचलन छ । रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले सराय नाचकाे इतिहास र यस्काे गरिमालाई बचाउन पालिकाले प्रत्येक बर्ष भव्य रूपमा सराय नाच निकाल्न सहयोग गर्दै आएकाे बताए । पछिल्लो समयमा यस्ता परम्परागत कला सस्कृति हराउदै जाने लागेको परिस्थितिमा गाउँपालिकाले यस्काे संरक्षण,प्रचार प्रसार र पुस्ता हस्तान्तरण जाेड दिएर अग्रसर भएको बताए । गाउँपालिकाले पालिकाकाे वडा न ३ रहेको रैनादेबी मन्दिरकाे पुन निर्माण,कालिका मन्दिरकाे पुर्न निर्माण गरेकाे बताए । गाउँपालिकाले पालिकाका ८ वटै वडामा रहेका धार्मिक एवम प्राकृतिक रूपमा निर्माण भएका पर्यटकिय स्थलहरूकाे खाेजी गरि संरक्षण,प्रचार प्रसार र आवश्यकता अनुसार पुर्वाधारले जाेड्ने कार्य गरिरहेकाे बताए । गाउँपालिकाले यस बर्ष पालिकाका सिमानामा पर्यटकिय स्थलहरूकाे नाम र पहिचान सहित स्वागत बाेर्डकाे राखेको बताए ।
गाउँपालिका उपाध्यक्ष युवराज थापाले आफ्नो क्षेत्रको पहिचान बोकेको सराय नाच संरक्षण र प्रवर्द्धनमा यहाका युवापुस्ता लागि परेकाे बताए । स्थानीय तह, जनप्रतिनिधिले पनि सराय नाँच प्रवर्द्धनमा चासो देखाउदा यो नाच थप परिस्कृत हुँदै गएको छ । सराय नाचकाे माैलिकतालाई कायम राखी थप परिस्कृत गरि प्रचार प्रसार गर्न पालिकाले सकारात्मक कदम चालिरहेकाे बताए । स्थानीय खिमलाल पाण्डेयले पहिले सांस्कृतिक पर्वका रुपमा सरायलाई लिने चलन थियो । पछिल्लो समयमा युवा गाउँमा नहुने, बसाइसराइँका कारण मानिसहरुको गाउँमा बसोबास कम भएकाले पनि तरबार र खुँडा नचाउने व्यक्ति नहुँदा समस्या छ । जसले गर्दा सराय लोप हुने अवस्थामा पुगेको बताए । जिल्लाका अन्य स्थान पनि पूर्णिमाको दिन सराय नाच्ने प्रचलन छ । भारकाेट,बन्दीपोखराको लिपिन्देवीमा पनि पूर्णिमामा सराय नाच निकालिएको छ ।








































Comments