पाल्पाकाे तानसेनमा ७ दिने हाेमस्टे तालिम सम्पन्न

पाल्पाकाे तानसेनमा ७ दिने हाेमस्टे तालिम सम्पन्न भएको छ । तालिम हाेमस्टे महासंघ पाल्पाकाे सहकार्य र लुम्बिनी प्रदेश सरकार बन,वातावरण,पर्यटन तथा खानेपानी मन्त्रालय पर्यटन विकास परिषद् नेपाल बुटवलकाे आयाेजनामा सम्पन्न भएको हाे । तालिममा ४० जना सहभागी रहेका थिए । पाल्पा,गुल्मी र तिलाेत्तमाका हाेमस्टे सञ्चालकहरू सहभागी रहेको तालिम शनिबार समापन भएको हाे । 

 

लाल बहादुर थापा पाल्पाकाे निस्दी गाउँपालिकाबाट तालिममा सहभागी हुन आएका हुन । निस्दी वडा न ३ काे काउलेडाँडामा उनिहरूले हाेमस्टे सञ्चालन गरिरहेका छन । पछिल्लो समयमा आन्तरिक पर्यटकहरूकाे राेजाई बनिरहेको काउलेडाँडामा ५ घरपरिवार मिलेर काउलेडाडाँ सामुदायिक हाेमस्टे सञ्चालन गरेको बताए । हाेमस्टेमा स्थानीय खानेकुराहरू काेदाेकाे ढिडाे,सितुङ्ग लगाएत स्थानीय लाेक खानेकुराहरूकाे स्वाद लिन सकिने उनी बताउँछन । उक्त स्थानमा पुगे पछि जुरे गुफा,काउलेडाँडा लगाएतका स्थानमा समेत घुम्न सकिने बताए । बिशेष गरि हाेमस्टेमा पुर्वी पाल्पामा प्रचलित कला सँस्कृति झ्याउरे,साेरठी,ठुलाे नाच हेर्न पाइने व्यवस्था गरिएको बताए । हाेमस्टेमा हाल सम्म ३५ वटा जिल्लाबाट पर्यटकहरू घुम्न आएकाे बताए । तालिम लिनु अघि हाेमस्टे सञ्चालन गरिरहेता पनि हाल तालिम लिइसके पछि धेरै नयाँ कुरा सिक्न पाउँदा खुशी भएको बताए । हाेमस्टेकाे तालिम लिएपछि अझ धेरै कुरा सिकेको बताउदै आगामी दिनमा हाेमस्टे व्यवसायलाई थप परिस्कृत गरि सञ्चालन गर्ने बताए । 

 

सिर्जना ढेंगा पुर्वखाेला वडा न २ ढाेलीमारा निवासी हुन । उनी पनि तालिमबाट नयाँ कुरा सिक्न पाउँदा खुशी भएको अनुभव सुनाउछिन । तालिमबाट अतिथिहरूलाई स्वागत,सत्कार,विदाई गर्दा गर्नुपर्ने कुराहरू सिक्न पाएकाे बताइन । त्यति मात्रै हाेइन तालिमबाट हाेमस्टेकाे सरसफाइ,प्राथमिक उपचार र उत्कृष्ट हाेमस्टे कसरी बनाउन सकिन्छ भन्ने कुराकाे जानकारी लिन पाएकाे बताइन । ढाेलीमारामा करिब ३७ जना सदस्य मिलेर ७ वटा घरवास सहित हाेमस्टे सञ्चालन गरिरहेकाे बताइन ।  ढेंगाले हाेमस्टेबाट चुलिडाडाँ,भ्युटावर,अम्लिसाे क्षेत्र,किवि उत्पादन क्षेत्रकाे अवलाेकन गर्न सकिने बताइन । हाेमस्टेमा स्थानीय लाेकल खानेकुराकाे साथमा स्थानीय कला सस्कृतिकाे हेर्न समेत सकिने बताइन । 

 

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंक नाथ खनालले हाम्रा पुर्खाले हामीलाई छाेडेर गएका भाैतिक बस्तु,कला सस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताए । हाम्रा पुर्खाले हामीलाई सुम्पिएर गएका बस्तुहरू,कला सस्कृतिहरू आफैमा सुन्दर छन, कलात्मक छन र ऐतिहासिक महाेत्व बाेकेका छन । यी बस्तुहरूलाई थप केही परिस्कृत गरे मात्रै पर्यटकलाई केन्द्रित गर्न सकिने बताए । परम्परागत ऐतिहासिक बस्तुहरू,रैथाने एवम लाेकल खानेकुरा, स्थानीय कला सस्कृतिकाे प्रचार प्रसार गरे मात्रै धेरै आन्तरिक एवम बाह्य पर्यटकहरू भित्राउन सकिने सम्भावना रहेको बताए । हाेमस्टे सञ्चालकहरूले तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गरि हाेमस्टेलाई थप परिस्कृत गरि सञ्चालन गर्न आर्गह गरे । सरकारी तरबबाट पनि यस्ता व्यवसाय सञ्चालन गर्ने सञ्चालकहरूलाई सहयोग गर्नुपर्ने बताए । स्थानीय,प्रदेश र संघिय सरकारले समय समयमा प्रशिक्षणका कार्यक्रम,व्यवसाय प्रवर्द्वनका कार्यक्रम ल्याउनुपर्ने कुरामा जाेड दिए ।

 

कार्यक्रममा तानसेन वडा न ६ का वडा अध्यक्ष एवम तानसेन नगरपालिकाका  टुरिजम एक्सन कमिटिका संयाेजक सागर मान महर्जनले तानसेन शहर आफैमा ऐतिहासिक र पहिचान बाेकेकाे सहर रहेको बताए । तानसेनकाे विकास पर्यटनबाट नै सम्भव रहेको बताए । नगरपालिकाले ऐतिहासिक महाेत्व बाेकका कुराहरूकाे संरक्षण गर्दै प्रचार प्रसारकाे माध्यमबाट पर्यटकहरू भित्राउने प्रयास गरिरहेकाे बताए । तानसेनमा हाेमस्टेहरू सञ्चालित रहेका छन । पर्यटकहरू आजभाेली ठुलाे हाेटल भन्दा पनि हाेमस्टेहरूमा बस्न र रमाउन चाहान्छन । त्यसैले सहभागीहरूले तालिममा सिकेका कुराहरूलाई आफ्नाे हाेमस्टमा लागु गरि थप परिस्कृत गरि सञ्चालन गर्न आर्गह गरे ।

 

कार्यक्रममा  बन,वातावरण,पर्यटन तथा खानेपानी मन्त्रालय पर्यटन विकास परिषद् बुटवलका प्रमुख रामु जाेशीले नेपालमा हाेमस्टेकाे राम्रो सम्भावना रहेको बताए । सम्भावना हुदा हुँदै पनि केही हाेमस्टे सञ्चालकहरूले अराजक रूपमा सञ्चालन गरिरहेकाे बताए  । आगामी दिनमा मन्त्रालयले हाेमस्टे सञ्चालन सम्बन्धि कार्यविधि निर्माण गर्ने तयारी गरिरहेकाे बताए । अवलोकन पश्चात् पाल्पा जिल्लामा मुख्य गरि ८० वटा पर्यटकिय स्थलहरू रहेका छन । यस्ता पर्यटकिय स्थलहरूमा पुगी भिडियो डकुमेन्ट्री निर्माण गरि पर्यटककाे आगमन वृद्धि गर्ने गरि मन्त्रालयले याेजना बनाउने बताए । 

 

कार्यक्रममा हाेमस्टे महासंघका केन्द्रीय उपाध्यक्ष धनेश्वर बस्याल,पाल्पा उधाेग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई,पाल्पा व्यापार संघका अध्यक्ष बामदेब बस्याल,हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्याल,हाेमस्टे अभियान्ता,बुद्धिजीवी मनमाेहन श्रेष्ठ,पाल्पा नाटाका अध्यक्ष राजिव कुमार शाह र सुनिता श्रेष्ठले मन्तव्य राखेका थिए । तालिममा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियाे । कार्यक्रम बन,वातावरण,पर्यटन तथा खानेपानी मन्त्रालय पर्यटन विकास परिषद् बुटवलका कर्मचारी बिष्णु भुषालकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

Comments