पाल्पाको तानसेन नगरपालिकामा प्रज्ञा-प्रतिष्ठानहरूसँग समन्वयात्मक कार्यशाला सम्पन्न
पाल्पा-तानसेन नगरपालिकामा स्थानीय प्रज्ञा-प्रतिष्ठानहरूसँग समन्वयात्मक कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा विभिन्न बौद्धिक संघ-संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले प्रज्ञा प्रतिष्ठानहरूसँग समन्वयात्मक कार्यशालामा सम्बोधन गर्दै भाषा, कला, र संस्कृति संरक्षणमा प्रज्ञा प्रतिष्ठानले ठुलाे भुमिका खेल्ने बताउनुभयो । उहाले स्थानीय तहमा लोपोन्मुख सांस्कृतिक सम्पदाहरूको जगेर्नाका लागि सबै तहका सरकार र संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । प्रज्ञा प्रतिष्ठानहरूले समुदायमा जनचेतना फैलाउन सक्रिय भूमिका खेल्नुपर्ने सुझाव दिनुभयाे । स्थानीय कला र संस्कृति संरक्षणका माध्यमबाट पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउन सकिन्छ भन्ने विश्वास नगरपालिकाले लिएकाे बताउनुभयो । प्रतिष्ठानले युवापुस्तालाई आफ्नो पहिचान र संस्कृतिप्रति जागरूक बनाउँदै स्थानीय सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न आह्वान गर्नुभयो । साथै, नगरपालिकाले यस्ता बौद्धिक तथा सांस्कृतिक गतिविधिहरूलाई निरन्तर समर्थन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिङ्जालीले स्थानीय तहमा भाषा, कला, संस्कृति र पर्यटन संरक्षणको आवश्यकता रहेको बताउनुभयो । प्रज्ञा- प्रतिष्ठान जस्ता संस्थाहरूले स्थानीय स्तरमा पुगेर जनचेतना फैलाउनु र ती सस्कृतिहरूलाई जीवन्त राख्न महाेत्वपुर्ण भुमिका रहने बताउनुभयो । सस्थाले लोपोन्मुख कला र संस्कृतिहरू जोगाउन मद्दत गर्छ । सस्थासँग समन्वय र सहकार्य गरि लोपोन्मुख कला र संस्कृतिहरू संरक्षण,प्रवर्द्वन र प्रचार प्रसार गर्न नगर सरकारले तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले कला, संस्कृति र साहित्य हाम्रो सभ्यता र पहिचानका मूल आधार रहेको बताउनुभयो । यी क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनले दीर्घकालीन विकासमा टेवा पुर्याउने उल्लेख गर्दै उहाँले प्रज्ञा प्रतिष्ठान र स्थानीय निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले लोपोन्मुख सांस्कृतिक धरोहरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सबै पक्षको सहकार्य अनिवार्य भएको धारणा राख्नुभयो । परिवर्तन र नवप्रवर्तनका लागि सामूहिक प्रयास जरुरी रहेको बताउँदै नगरपालिकाले यस्ता अभियानमा आवश्यक सहयोग र सहजीकरण गर्न प्रतिबद्ध रहेको बताउनुभयो । कला र संस्कृतिको संरक्षणले हाम्रो पहिचानलाई बलियो बनाउनुका साथै भविष्य पुस्तालाई मौलिक मूल्य र परम्परासँग जोड्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका तानसेन नगरपालिकाका प्रवक्ता यादब सिङ कार्की, पुतली बजार प्रज्ञा प्रतिष्ठानका विश्वप्रेम अधिकारी,गैंडाकोट नगर प्रतिष्ठानका सदस्य डा. मतिप्रसाद ढकाल, स्याङ्जा प्रज्ञा प्रतिष्ठानका टिकाराम वाग्ले, बर्दघाट प्रज्ञा प्रतिष्ठानका डाक्टर घनश्याम न्यौपाने, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका डा एकनारायण पौडेल, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका डा केशवराज चालिसे, तानसेन नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष महेश्वर श्रेष्ठ, तानसेन वडा नम्बर ६ का वडा अध्यक्ष सागरमान महर्जन, तानसेन नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राम बहादुर रावल लगायत कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम तानसेन नगर प्रज्ञा-प्रतिष्ठानका सदस्य शंकर प्रसाद गैरेकाे सञ्चालन र उपकुलपति चाेलेश्वर शर्माकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।








































Comments