पाल्पाका शिव मन्दिरमा भक्तजनहरुको भिडभाड

पाल्पा-हिन्दुहरुको पवित्रपर्व महाशिवरात्रीको अवसरमा पाल्पाका विभिन्न शिव मन्दिर तथा प्रसिद्ध शिव धामहरुमा  भगवान शिवको पुजाआजा तथा भजन किर्तन गर्ने भक्तजनहरुको भिडभाड रहेको छ ।

 

हिन्दुधर्ममा  देवका  पनि महादेवको  रुपमा भगवान शिव लाई पुजाआजा भजन कृर्तन गर्ने परम्परा रहेको छ ।  भगवान शिवको पुजा पाठ गर्न भजन कृर्तनको लागी विहानै देखी भक्तजनहरु पाल्पाका शिवमन्दिरहरुमा पुगेका छन । भगवान शिवजीको उत्पत्ति भएको दिनको रुमा  हिन्दुहरुले महा शिवरात्री पर्व मान्दै आएको पौराणिक कथन रहेको पाईन्छ ।

 

तानसेनको नारायणस्थानमा १०८ गौमुखे धारा सहित १ हजार ६ सय किलोको शिवलिङ्ग स्थापना गरी, मुर्तिको प्राण प्रतिष्ठा, रुद्री पाठ गरी शिव आरधना गरिएको छ । पाल्पामा तिनाउको दोभान सिद्धवावा मन्दिर, बगनासकाली बराङ्दीको महामृत्युञ्जय शिवासन, सिद्धवावा धाम  तानसेनको ठुटेपिपल वद्रेश्वर शिवालय, बतासेडाडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुर लगायतका स्थानका  शिवालय मन्दिरहरुमा भक्तजनहरुको भिडभाड रहेको छ ।

 

शिवरात्रीको दिनमा भगवान शिवको पुजाआजा भजनकिर्तन गर्ने, उपवास बसेमा मनको कामना पुुरा हुने जनविश्वास रहदै आएको छ ।  भगवान शिवलाई वेलपत्र, भिष भाङ धतुरो चढाउने परम्परमा पनि रहदै आएको छ । पुर्व युवराज पारस शाहले पाल्पामा गरे  शिव पुजा र आरधना । 

 

पुर्व युवराज पारस शाहले पाल्पाको बगनासकाली गाउँपालिका वडा नंं ९ बराङ्दीमा रहेको महामृत्युञ्जय शिवासन शिव पुजा सहित आरधना गरेका छन । पुर्व युवराज पारर पाल्पामा शिव पुजाको लागी आएको पहिलो पटक हो ।  मन्दिरमा केही समय सर्वधारणहरुको पुजा आजा रोकेर पुर्व युवराज पारसले  महामृत्युञ्जय शिवासनमा शिवको नित्य पुजा गरेका हुन । पुर्व युवराज पारसले शिबलिङ्गमा जलधारा, दुधधारा, घिउ बाट स्नान गराएका थिए । सोही अवशरमा पुजारीहरुले पुर्व युवराज समक्ष शिवलिङ्गमा भष्म उठाउने, भष्म लगाउने गरेका थिए । मन्दिरमा पुर्व युवराज पारस लाई हेर्न मानिसकहरुको भिडभाड बढेको थियो । पारस संगै राप्रपा पाल्पाका जिल्ला अध्यक्ष डुल बहादुर कुवँर सहित नेता तथा कार्यकर्ताहरु शिव मन्दिर दर्शनमा पुगेका थिए । 

 

तानसेन वडा न २ काे नारायण युवा क्लबले पनि शिवरात्री बिशेष कार्यक्रम मनाएकाे छ । क्लबले नारायणस्थानमा १०८ गौमुखे धारा सहित १ हजार ६ सय किलोको शिवलिङ्ग स्थापना गरी, मुर्तिको प्राण प्रतिष्ठा, रुद्री पाठ गरी शिव आरधना गरि शिवरात्री बिशेष कार्यक्रम मनाएको क्लबका अध्यक्ष प्रविन राज शाक्यले बताउनुभयो । क्लबले शुरू गरेको अक्षयकोषमा रकम जम्मा गर्ने अक्षयकोषदाताहरूलाई पनि सम्मान गरेको छ । क्लबले तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ,पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी अान्नद काफ्ले,नारायण युवा क्लबका सस्थापक अध्यक्ष हिमाल दत्त श्रेष्ठकाे उपस्थितिमा अक्षयकोषदाताहरूलाई सम्मान गरेको हाे । कार्यक्रममा नारायण युवा क्लबका सस्थापक अध्यक्ष एवम नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले नारायण स्थानमा निर्माण गरिएको १०८ गौमुखे धारा सहित १ हजार ६ सय किलोको शिवलिङ्ग स्थापनाले समग्र तानसेनकाे पर्यटन प्रवर्द्वन टेवा पुग्ने बताउनुभयो । यस्काे संरक्षण, सवर्धन र प्रचार प्रसार गर्न क्लब निरन्तरता लाग्ने  बताउनुभयो । 

 

Comments