पाल्पाकाे सिद्देश्वरमा जिप दुर्घटना : तीन जनाकाे मृत्यु, दुई जना गम्भीर घाइते

पाल्पाको रैनादेवी छहरा–१, सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । 

 

मृत्यु हुनेमा रैनादेवी छहरा–१, असारेका २३ वर्षीय जनक रेगामीमगर, सोही स्थानका ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक रहनुभएको छ । यस्तै सोही स्थानका जिप चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय सरोज बुढा गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयाे । 

 

गएराति  १० बजेतिर सिद्धेश्वरको असारेस्थित भित्री सडकखण्डमा लु १ ज २३७७ नम्बरको जिप दुर्घटनामा परेको थियाे । दुर्घटनामा परेर गम्भीर रहेका तीन जनालाइ अस्पताल ल्याइएपनि चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ । जिप सडकदेखि दुई सय मिटर तल खसेकाे थियाे ।  घाइतेहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

Comments