पाल्पाको रैनादेवी छहरामा निःशुल्क स्वास्थ्य शिविर

पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा निःशुल्क स्त्री रोग तथा महिला प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

 

ग्लोबल आईएमई बैंकको १७ औं वार्षिकोत्सवका अवसरमा मंगलबार राखिएको शिविरमा एकैदिन ३ सयभन्दा बढीले सेवा लिएका छन् । स्वास्थ्य कार्यालय पाल्पा, नेपाल परिवार नियोजन संघ पाल्पा शाखा, रैनादेवी छहरा गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा शिविर राखिएको हो । शिविरमा गाउँपालिका विभिन्न वडाबाट महिलाको उल्लेख्य सहभागिता रहेको गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले बताए । ‘

 

शिविरमा स्त्री रोग परीक्षण तथा उपचार, यौनरोग पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर भीआईए जाँच, महिलाको आङ खस्ने जाँचका साथै औषधि वितरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताए । शिविरबाट एकीकृत प्रजनन् स्वस्थ्य शिविरमा यौन तथा प्रजनन स्वास्थ्यमा समस्या भएका महिलाका साथै सन्तानका रहर पुगेका तथा जन्मान्तर वृद्धि गर्न चाहने दम्पतीहरुले सेवा लिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरीले बताए ।

 

प्रजनन् स्वास्थ्य समस्या भएका नागरिकहरुको उपचारसँगै सचेतना जगाउन परिवार नियोजन सेवातर्फ पुरुषका लागि स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) सेवा दिइएको नेपाल परिवार नियोजन संघका पाल्पा शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले बताए ।

Comments