पाल्पाकाे रामपुरमा प्रथम लुम्विनी कप राष्ट्रिय महिला भलिबल प्रतियाेगिता सुरू

रामपुर - पाल्पाकाे रामपुरमा प्रथम लुम्विनी कप

राष्ट्रिय महिला भलिबल प्रतियाेगिता सुरू भएकाे छ । रामपुरस्थित रामतुल्सी माविकाे खेल मैदानमा सुरू भएकाे खेलकाे उद्घाटन लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले गर्नुभयाे ।

 

कार्यक्रम प्रमुख अतिथि समेत रहनु भएका गुप्ताले लुम्विनी प्रदेश सामाजिक विकास मन्त्रालय समग्र खेल क्षेत्र र खेलाडीकाे विकास लागि तयार रहेको बताउनुभयो । रामपुरमा सञ्चालित प्रथम लुम्विनी कप राष्ट्रिय महिला भलिबल प्रतियाेगिताले रामपुरलाई खेल पर्यटनकाे रूपमा अगाडि बढाउन सहयोग गर्ने बताउनुभयो । रामपुरमा  क्रिकेट स्टडियम र भलिबल काेटकाे आवश्यकता रहेकाले  

लुम्बिनी प्रदेश सरकार र सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले यहि आर्थिक बर्ष बजेट सुनिश्चितता गर्ने बताउनुभयो ।   

 

उद्घाटनमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, लुम्विनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, विपि चिन्तन प्रतिष्ठानमा अन्तराष्ट्रिय अध्यक्ष सन्जीव राना, ओकेबाजे, नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष रेखीराम रानालगायतले शुभकामना दिनुभयाे । 

 

उद्घाटनमा रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले स्वागत, जिल्ला भलिबल सङ्घका महासचिव कृष्ण आलेकाे संचालन र सङ्घका अध्यक्ष राजु गुरूङ्काे अध्यक्षतामा भएकाे हाे । खेल फागुन २३ गतेसम्म संचालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेले बचाउनुभयाे । खेलमा ८ टीमकाे सहभागिता रहेकाे छ ।

Comments