पाल्पाको रिब्दीकाेट गाउँपालिकामा '११४ औं अन्तर्राष्ट्रिय नारी दिवस' भब्यताका साथ सम्पन्न

पाल्पा- जिल्लाकाे रिब्दीकाेट गाउँपालिकामा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा विविध कार्यक्रम गरि भब्यताका साथ मनाइएको छ । कार्यक्रम गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीकाे  अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि  गाउँपालिका नारायण बहादुर कार्की रहनुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी कर्मचारी तथा महिला दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । 'महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी' भन्ने मुल नाराका साथ कार्यक्रमलाई सार्थकता दिन गाउँपालिकाबाट प्रदेश स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा छनौट भएका खेलाडिहरुलाइ सम्मान गर्नुको साथै वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्दितिय र तृतिय स्थान प्राप्त गर्न सफल प्रतियोगिहरुलाइ नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरि सम्मान गरिएकाे थियो ।

 

कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले नारी बिना कसैको अस्तित्व नरहेको जनाउदै सम्पुर्ण नारीहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयाे ।  नारी प्रति हुने हिंसाहरूको अन्त्य गर्न सम्पुर्ण नागरिकहरुको उतिकै जिम्मेवारी हुने बताउदै सबैले आफ्नो घरबाट नारी प्रति साथ सहयोग सम्मानको शुरुवात गरि महिला हिंसाको अन्त्य गर्ने सके मात्र अन्तर्राष्ट्रिय नारी दिवसको अर्थ रहने बताउनुभयाे । कार्यक्रमको अन्त्यमा सभा अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले नारीहरू कुनै पनि क्षेत्रमा कमजोर नभएको, अवसर पाएँ जस्तोसुकै काम गर्न सक्ने क्षमता नारीहरूमा रहेको बताउनुभयो । उपाध्यक्ष अधिकारीले नारीलाई कमजोर सोचेर कुण्ठित बनाउनु भन्दा पनि अवसर प्रदान गर्नुपर्नेमा जोड दिदै ११४ औं अन्तर्राष्ट्रिय  नारी दिवसको अवसरमा गरिएको यो बिबिध कार्यक्रमहरु अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सभ्य भब्य रुपमा भएको बताउनुभयो । कार्यक्रमलाई सभ्य भब्य रुपमा सफल बनाउन स्वस्फूर्त उपस्थिती तथा खेलकुदमा सहभागिता जनाउनुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नु भएको थियो । 



कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणि प्रसाद खनाल , गाउँपालिका प्रवक्त तथा वडा न.६ का वडा अध्यक्ष  प्रकाश रायमाझी, सम्पुर्ण वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कार्यालयका कर्मचारीहरु, वडा सदस्यहरुको आतिथ्यता लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा रिब्दीकोट गाउँ कार्यपालिकाको कार्यालय खस्यौली, पाल्पामा सभ्य, भब्य र शान्त वातावरणमा कार्यक्रम सम्पन्न भएको थियाे ।

Comments