पाल्पाका पर्यटकीय स्थलहरूलाई समेट्दै पञ्चेबाजामा आधारित नयाँ भिडियो सार्वजनिक

पाल्पा— पाल्पा जिल्लाका प्रमुख पर्यटकीय स्थलहरूलाई समेट्दै पञ्चेबाजाको मौलिक तालमा आधारित एक आकर्षक भिडियो सार्वजनिक गरिएको छ। पाल्पाको स्थानीय संस्कृति, प्रकृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको यस भिडियोमा पाल्पाका दर्जनौँ प्रसिद्ध स्थलहरूलाई समेटिएको छ । यम थापाकेा लय र संगित रहेकेा उक्त पञ्चेबाजा गीतले पाल्पाका पर्यटकीय स्थलहरूलाई समेटेकेा छ । 

 

भिडियोमा रानीमहल, रामपुर फाँट, तानसेन, चुली डाँडा, ढोलिमारा होमस्टे, बहादुरपुर, रम्भादेवी, रिमिघा लेख, कौडे लेक लगायतका स्थानहरू समेटिएका छन्। स्थानीय संस्कृति झल्किने पञ्चेबाजाको धुनमा सजिएको यस भिडियोमा मौलिक नेपालीपन प्रष्टै देख्न सकिन्छ।

 

भिडियोमा  यामु थापा, रन्विर बराल,गंगा बारघरेसूर्य जङ्ग बस्नेतसुमन बाकाबल मगर, र रानीबासका गोकुल लगायतको टोलीको सहभागिता रहेको छ । निर्माण टोलीका अनुसार यो सबैको पहिलो प्रयास हो, तर यसले पाल्पाको सांस्कृतिक धरोहरलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

 

“हामीले पाल्पाको सौन्दर्य र पहिचानलाई गीत, संगीत र दृश्यको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरेका छौँ,” यमु थापाले बताउनुभयेा । उहाले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया र समर्थनको अपेक्षा राखिरहेकेा बताउनुभयेा । 

 

भिडियोले पाल्पाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने तथा स्थानीय कलाकारहरूलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ । निर्माण टोलीले सबैलाई भिडियो हेरेर प्रतिक्रिया दिन र पाल्पाको सुन्दरतालाई देश–विदेशमा फैलाउन साथ दिन आग्रह गर्नु भएकेा छ । 

Comments