पाल्पाको लिपिन्देबी मन्दिरमा कोजाग्रत पुर्णिामा सराय नाच तथा विविध सास्कृतिक कार्यक्रम हुने!!
पाल्पा-विगतका बर्षमा जस्तै यो बर्ष पनि पाल्पा तानसेन नगरपालिका वडा न ११ बन्दिपोखरा स्थित लिपिन्देबी मन्दिरमा कोजाग्रत पुर्णिामा सराय नाच तथा विविध सास्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम लिपिन्देबी मन्दिर संरक्षण तथा व्यवस्थापन समिति तथा लिपिन्देबी मन्दिर पर्यटन प्रवर्द्वन उपभोक्ता समितिले कार्यक्रम गर्न लागेका हुन । कला सस्कृतिको संरक्षण गरौ । भन्ने मुल नाराका साथ कार्यक्रम गर्न लागिएको लिपिन्देबी मन्दिर पर्यटन प्रवर्द्वन उपभोक्ता समितिले जनाएको छ ।
कार्यक्रममा विशेषगरी गरि सराइ नाच देखाइने छ । विशेषगरी गरि लिपिन्देबी मन्दिरमा अवस्थित ढुङ्गा फाटेर उत्पत्ति भएकी दुर्गा माताको मन्दिरमा दर्शन गरि बाजासहितको तालमा वाख्यै–वाख्यै भन्दै युवा र बुढापाका खुँडा र ढाँड जुधाएर यो नाच नाच्ने गर्छन्। खुँडा नचाउँदा रमाइलो हुनुका साथै आफूसँग भएको साहसिक कला प्रदर्शन गर्न सकिन्छ भन्ने धार्मिक मान्यता रहेको छ । सोही अनुसार लिपिन्देबी मन्दिरमा यो बर्ष पनि विशेष सराय नाच निकालिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर खातीले बताए । यो बर्षको सराय नाचलाई विशेष बनाउने गरि तयारी गरिएको अध्यक्ष खातीले बताए । मेलामा पाल्पाका विभिन्न स्थान,रूपन्देही,गुल्मी,अर्घाखाँची सम्मका मानिसहरू आउने गर्दछन ।
मेलाको अवसरमा विविध सास्कृतिक कार्यक्रम पनि हुने आयोजकले जनाएका छन । मेलामा लोक तथा दोहोरी गायक राम प्रसाद पौडेल,लोक गायक कमल भट्टराई,गायिका निरू सुनार,डान्सर रमेश श्रेष्ठ,गायक शिव थापा,डान्सर तथा मोडेल सन्ध्या रसाइली,पप गायक उत्सव बोहोरा,लोक गायक आषिस परियार, छमछम कला केन्द्रको प्रस्तुति ,गायक तथा उदघोषक राम कृष्ण थापा लगाएतको प्रस्तुति रहने आयोजकले जनाएका छन ।








































Comments