पाल्पाको बतासेडाँडामा ‘आरम्भ बाइ आइडो रेष्टुरेन्ट शुरू : नास्ता र कफिको नयाँ गन्तव्य

पाल्पाको सुन्दर प्राकृतिक क्षेत्र बतासेडाँडामा भर्खरै सञ्चालनमा आएको ‘आरम्भ बाइ आइडो रेष्टुरेन्ट’ ले पर्यटक र स्थानीय बासिन्दाहरूका लागि नास्ता,कफि र खाजाको क्षेत्रमा नयाँ अनुभव प्रदान गर्न थालेको छ ।  इन्जिनियर दिनेश भट्टराई, विपिन शारू, र अमित के.सी.ले संयुक्त रूपमा सुरु गरेको यो रेष्टुरेन्टले फास्टफुडप्रेमीहरूको रोजाइमा पर्ने अपेक्षा गरिएको छ ।

 

‘आरम्भ बाइ आइडो रेष्टुरेन्ट’ विशेषगरी नास्ता र कफीका लागि केन्द्रित छ । यहाँ स्थानीय उत्पादनका परिकारका साथै गुणस्तरीय सामग्रीको प्रयोगमार्फत बनाइएका परिकारहरू तयार गरिन्छ । सञ्चालक दिनेश भट्टराईका अनुसार, “हामीले यहाँ आउने ग्राहकलाई शुद्ध र उच्चस्तरीय नास्ता उपलब्ध गराउने उद्देश्यले यो रेष्टुरेन्ट सुरु गरेका हौं ।”पछिल्लो समयमा युवाहरू राेजगारीकाे खाेजीमा बिदेशीने क्रम भइरहेको वर्तमान परिस्थितिमा स्वदेशमै केही गराै भन्ने अभिप्रायले "आरम्भ बाइ आइडो रेष्टुरेन्ट" शुरू गरेको बताउनुभयो । 

 

रेष्टुरेन्टबाट हिमालको मनोरम दृश्य र वरपरको हरियाली अवलोकन गर्न सकिन्छ । बाहिरी खुला क्षेत्र र आरामदायी भित्री सजावटले यहाँ आउने पाहुनालाई विशेष अनुभव दिन्छ । रेष्टुरेन्टमा आउने ग्राहकहरू केवल खानाका लागि मात्र नभई  प्राकृतिक दृश्यको आनन्द लिन पनि सक्नेछन्  ।

 

आरम्भ बाइ आइडो रेष्टुरेन्ट’ले मेनुमा रहेका हरेक परिकारलाई ताजगी, सफाइ, र सन्तुलित स्वादको आधारमा तयार पारिने गरिन्छ । सञ्चालक विपिन शारू भन्छन्, “ग्राहकको स्वादलाई प्राथमिकता दिँदै नास्ता विभिन्न परिकारहरू प्रदान गरिने बताउनुभयो । सञ्चालक अमित के.सी.ले भन्नुभयो, “हामीले केवल रेष्टुरेन्ट सञ्चालन गरेको होइन, यहाँ आउने पर्यटकलाई नयाँ अनुभव प्रदान गरेर पर्यटनमा योगदान पुर्‍याउने प्रयास पनि गरिरहेका छौं ,”उहाले बताउनुभयो ।

 

पाल्पाको तानसेन बजारबाट करिब ३ किलोमिटर दूरीमा रहेको बतासेडाँडासम्म निजी सवारी वा सार्वजनिक यातायातमार्फत सहजै पुग्न सकिन्छ । रेष्टुरेन्ट बिहान ७ बजेदेखि बेलुकी १० बजेसम्म खुला रहन्छ । ‘आरम्भ बाइ आइडो रेष्टुरेन्ट’ नास्ता र खाजाको क्षेत्रमा नयाँ अनुभव खोजिरहेका पर्यटक र स्थानीयहरूका लागि उत्कृष्ट गन्तव्य बनेको छ । 

Comments